फाइल तस्वीर

राजनीति

राष्ट्रिय स्वतन्त्र पार्टी पनि सरकारमा जान्छ : प्रवक्ता मुकुल ढकाल

By खबरहब

December 25, 2022

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मुकुल ढकालले आफ्नो पार्टी पनि सरकारमा सहभागी हुने जनाएका छन् ।

एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा भएको सहमतिअनुसार रास्वपाले सरकारमा जाने निर्णय गरेको उनको भनाइ छ ।

बालकोटमा भएको छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहमति भएको छ ।