प्रचण्डलाई प्रधानमन्त्रीमा सिफारिस गर्न नेताहरु शीतलनिवासमा « Khabarhub

प्रचण्डलाई प्रधानमन्त्रीमा सिफारिस गर्न नेताहरु शीतलनिवासमा


१० पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा सिफारिस गर्न दलका नेताहरु राष्ट्रपति भवन शीतलनिवास पुगेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री पदमा दाबी गर्न दिएको एक साताको समय सकिन केही मिनेट बाँकी रहँदा नेताहरु शीतलनिवास पुगेका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीनिवासमा आइतबार अपरान्ह एमाले, माओवादी, राप्रपा, जसपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत र नागरिक उन्मुपिक्त पार्टीबीच प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको हो ।

उक्त सहमतिपछि १६६ सांसदको समर्थनसहित प्रचण्डलाई प्रधानमन्त्री बनाउन दलका शीर्षनेताहरु ४ बजेर ४३ मिनेटमा राष्ट्रपति कार्यालय पुगेका छन् । एमाले अध्यक्ष ओली, प्रचण्डसहितका नेताहरु शीतलनिवासमा छन् ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ५ : १२ बजे

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट

आज महाअष्टमी पर्व मनाइँदै : कुन-कुन शक्तिपिठमा हुँदैछ पूजा ?

काठमाडौँ – आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६