प्रचण्डलाई प्रधानमन्त्रीमा सिफारिस गर्न नेताहरु शीतलनिवासमा | Khabarhub Khabarhub

प्रचण्डलाई प्रधानमन्त्रीमा सिफारिस गर्न नेताहरु शीतलनिवासमा


१० पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा सिफारिस गर्न दलका नेताहरु राष्ट्रपति भवन शीतलनिवास पुगेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री पदमा दाबी गर्न दिएको एक साताको समय सकिन केही मिनेट बाँकी रहँदा नेताहरु शीतलनिवास पुगेका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीनिवासमा आइतबार अपरान्ह एमाले, माओवादी, राप्रपा, जसपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत र नागरिक उन्मुपिक्त पार्टीबीच प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको हो ।

उक्त सहमतिपछि १६६ सांसदको समर्थनसहित प्रचण्डलाई प्रधानमन्त्री बनाउन दलका शीर्षनेताहरु ४ बजेर ४३ मिनेटमा राष्ट्रपति कार्यालय पुगेका छन् । एमाले अध्यक्ष ओली, प्रचण्डसहितका नेताहरु शीतलनिवासमा छन् ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ५ : १२ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार