राजनीति

प्रचण्डलाई समर्थन गर्न शीतलनिवास गएको छैन, घरमै छु : नेकपा एसका सांसद श्रेष्ठ

By खबरहब

December 25, 2022

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका सांसद किसान श्रेष्ठले आफू शीतलनिवास नगएको बताएका छन् ।

आइतबार नयाँ सरकारलाई समर्थन गर्न राष्ट्रपति कार्यालय शीतलनिवास गएको भन्ने समाचारप्रति आपत्ति जनाउँदै सांसद श्रेष्ठले आफू घरमै रहेको उल्लेख गरे ।

उनले आफू पार्टीको निर्णयविरुद्ध कतै नलागेको समेत स्पष्ट पारे । यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बन्न लागेको नयाँ सरकारलाई समर्थन गर्न श्रेष्ठ शीतलनिवास गएको बताइएको थियो ।