निजी क्षेत्रको सहयोगबाट समुन्नत प्रदेश निर्माण गर्न सकिन्छ : मुख्यमन्त्री राई « Khabarhub

निजी क्षेत्रको सहयोगबाट समुन्नत प्रदेश निर्माण गर्न सकिन्छ : मुख्यमन्त्री राई


१० पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले निजी क्षेत्रको सहयोगबाट समुन्नत प्रदेश निर्माण गर्न सकिने बताएका छन् । ‘विराट एक्स्पो’ समापनका अवसरमा आज एक्स्पोका सहयोगीलाई प्रशंसापत्र वितरण गर्दै उनले यस क्षेत्रका उद्योगीले निर्यातमूलक उद्योग स्थापना गरी रोजगारी सिर्जना र व्यापार घाटा कम गर्नुका साथै समृद्ध प्रदेश निर्माण गर्न सकिने धारणा राखे ।

मुख्यमन्त्री राईले एक्स्पोको माध्यमबाट प्रदेशका पर्यटकीयस्थलको प्रचारप्रसार भई आगामी दिनमा यस्ता कार्यक्रमले थप महत्व पाउने विश्वास व्यक्त गरे । स्वास्थ्यमन्त्री जयराम यादवले एक्स्पोको सञ्चालनबाट दक्षिण क्षेत्रमा आर्थिक चलायमान भएकोमा खुसी व्यक्त गरे ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले उद्योगीको चाहनाअनुरुप अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी स्थापनाका लागि आवश्यक छलफल गर्न निजी क्षेत्रलाई आग्रह गरे । उद्योग सङ्गठन मोरङका अध्यक्ष सुयश प्याकुरेल, एक्स्पो संयोजक भोलेश्वर दुलाललगायतले एक्स्पोको माध्यमबाट निजी क्षेत्रले प्रदेशमा उद्योग एवं व्यापार स्थापनामा सहयोग पुग्ने आशा व्यक्त गरे ।

मङ्सिर २९ गतेदेखि पुस १० गतेसम्म सञ्चालन भएको एक्स्पोमा नेपाली र भारतीय गरी तीन लाख बढी दर्शकले अवलोकन गरेको आयोजक जनाएका छन् । एक्स्पोमा विभिन्न विधाका तीन सय ६१ स्टल राखिएका थिए ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ६ : ५८ बजे

मनसुन सक्रिय : पाँचमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ – देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन ३१ गते आइतबार सन् २०२६

आज २०८३ साल साउन ३१ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ३१ गते आइतबार सन् २०२६

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच