प्रचण्ड प्रधानमन्त्री नियुक्त भएसँगै मेयर बालेनको टिप्पणी : हामी प्रजा सधैँ सास्तीमा | Khabarhub Khabarhub

प्रचण्ड प्रधानमन्त्री नियुक्त भएसँगै मेयर बालेनको टिप्पणी : हामी प्रजा सधैँ सास्तीमा


१० पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनेसँगै अहिले नेपाली राजनीतिमा तरंग आएको छ ।

नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी लगायतको समर्थनमा प्रचण्ड नाटकीय रुपमा प्रचण्ड देशको ४४ औँ प्रधानमन्त्री नियुक्त भएका हुन् ।

आइतबार दिउँसोसम्म सत्ता गठबन्धनको बैठकमा सहमति जुट्न नसकेपछि प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका थिए । बालकोटमा प्रचण्डलाई प्रधानमन्त्री नियुक्त गर्न ओली सहमत भएसँगै नयाँ सरकार बनेको हो ।

प्रचण्ड नयाँ प्रधानमन्त्री नियुक्त भएसँगै काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले पनि आफ्नो टिप्पणी सार्वजनिक गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्– ‘राजा फर्काउछु भन्ने, राजा चाहिन्न भन्ने, र राजा मार्छु भन्ने तीनटै सरकारमा । हामी प्रजा सधै सास्तीमा ।’

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ७ : १० बजे

युद्धविराम प्रस्ताव नमाने गाजालाई धुलो बनाउने इजरायली चेतावनी

इजरायल – इजरायलले हमासले युद्ध विरामका लागि राखिने प्रस्ताव नमानेमा

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ

अवैध आप्रवासीमा लागि फ्लोरिडामा जेल तयार, ट्रम्प भन्छन्- ‘दुष्ट व्यक्तिको घर हो’

फ्लोरिडा : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा रहेको डिटेन्सन सेन्टर