संघमा राजनीतिक समीकरण उल्टिँदा प्रदेशमा असर, सुदूरपश्चिमको नयाँ मुख्यमन्त्री को बन्ला ? « Khabarhub

संघमा राजनीतिक समीकरण उल्टिँदा प्रदेशमा असर, सुदूरपश्चिमको नयाँ मुख्यमन्त्री को बन्ला ?


१० पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र मात्रै मिल्दा पनि सुदूरपश्चिम प्रदेशमा सहजै सरकार बन्ने परिस्थिती भएपनि केन्द्रमा समिकरण बदलिँदा प्रदेशमा पनि त्यसको असर पर्ने देखिएको छ ।

केन्द्रमा माओवादी केन्द्रले कांग्रेससँगको गठबन्धन तोडेर एमालेको समर्थनमा सरकार बनाएको छ ।

माओवादी केन्द्रको नेतृत्वमा बनेको सरकारलाई एमाले, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपाले लगायत दलले समर्थन गरेका छन् । केन्द्रको यही समीकरण प्रदेशमा कायम रहने हो भने प्रत्यक्ष र समानुपातिकसहित १९ सिट प्राप्त गरेको नेपाली कांग्रेस प्रतिपक्षी दल बन्ने देखिएको छ ।

‘अब सुदूरपश्चिम प्रदेश सरकार नेकपा आमोवादी केन्द्र, नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी र राप्रपा मिलेर बन्ने सम्भावना बढेको छ,’ प्रदेशसभा सदस्य तथा नेकपा एमालेका प्रदेश अध्यक्ष धर्मराज पाठकले भने, ‘केन्द्रीय राजनीतिको प्रभाव प्रदेशमा पर्नु स्वभाविक हो ।’

नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष हरि चौधरी (उत्सव) ले पनि केन्द्रीय समीकरणअनुसार नै प्रदेश सरकार बन्ने बताए ।

नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी र राप्रपा मिल्दा प्रदेश सरकार बनाउन आवश्यक पर्ने बहुमत पुग्ने उनले बताए । ‘भोलिदेखि हामी त्यही परिवेशमा रहेर छलफल गर्नेछौं,’ अध्यक्ष चौधरीले भने, ‘नेतृत्व कस्ले पाउने भन्ने बारेमा भने अझै केन्द्रको निर्णय कुर्नुपर्ने हुन्छ ।’

केन्द्रबाट कुन प्रदेशमा कुन दलले नेतृत्व गर्ने भन्ने कुराको टुङ्गो लागेपछि सो विषयमा छलफल हुने उनको भनाइ छ ।

सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी केन्द्रका ११, नेकपा एमालका १०, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका १ जना प्रदेशसभा सदस्य रहेका छन् ।

चारवटै पार्टी मिल्दा प्रदेशसभामा सरकार चलाउन आवश्यक पर्ने बहुमत पुग्ने देखिन्छ । ५३ प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिममा सरकार बनाउनका लागि २७ जना सदस्य आवश्यक पर्छ । यदी चार वटा दल मिलेको अवस्थामा प्रदेश सभामा २८ सदस्य संख्या हुनेछ ।

तर, नागरिक उन्मुक्ति पार्टी नमिलेको खण्डमा भने एमाले र माओवादी केन्द्र मिलेर मात्रै सरकार बन्ने स्थिती छैन ।

नागरिक उन्मुक्ति पार्टी कांग्रेससँग मिलेको अवस्थामा पनि सरकार बन्न सक्ने देखिएको छ । त्यसका लागि नेकपा एकिकृत समाजवादी पार्टीको समर्थन आवश्यक पर्नेछ ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ७ : ३१ बजे

सुशासन र परिणाममुखी काम अबको आवश्यकता : कुलमान घिसिङ

सुनसरी – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशमा सुशासन

हेटमायरको विष्फोटक ब्याटिङमा वेस्ट इन्डिजले जिम्बाब्वेलाई दियो २५५ रनको विशाल लक्ष्य

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर ८ चरणमा वेस्ट इन्डिजले

गौर घटनामा २० जनाविरुद्ध मुद्दा अघि बढाइयो

रौतहट– रौतहटको गौरमा दुई समुदायबीच भएको साम्प्रदायिक झडप तथा आगजनी

कांग्रेसले काठमाडौँ, पोखरा र सुर्खेतमा चुनावी सभा गर्दै

काठमाडौँ- नेपाली कांग्रेसले आगामी निर्वाचनलाई लक्षित गर्दै विभिन्न सहरमा चुनावी

भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति कार्यान्वयन गरिन्छ : उपसभापति अर्याल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले निर्वाचित