फाइल तस्वीर

देश/प्रदेश

प्रचण्डलाई पहिलो बधाई चीनको

By खबरहब

December 25, 2022

काठमाडौँ – नवनियुक्त प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’लाई चीनले बधाई दिएको छ ।

आइतबार साँझ काठमाडौंस्थित चिनियाँ दूतावासले ट्वीटमार्फत प्रचण्डलाई बधाई दिएको हो। ‘अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपालको ४४ औं प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई ।’ चिनियाँ दूतावासले ट्वीटरमा लेखेको छ ।

प्रचण्ड आइतबार नेकपा (एमाले) सहितका दलको समर्थनमा प्रधानमन्त्री बनेको हुन्। उनको शपथ भोलि हुने छ ।