एक महिना पहिले हराएका बालकको शव सेप्टी ट्यांकीमा « Khabarhub

एक महिना पहिले हराएका बालकको शव सेप्टी ट्यांकीमा


१० पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज – वीरगन्जमा झण्डै एक महिना पहिले अपहरणमा परेका एक बालकको हत्या गरी शौचालयको सेप्टी ट्यांकीमा फालिएको अवस्थामा आइतबार शव फेला परेको छ । वीरगन्ज महानगरपालिका-२५ सिर्सिया खल्वा टोलका श्रीमान् पासवानका १५ वर्षीय छोरा निरज पासवानको शव खल्वा टोलमै रहेको गुरुकुल पन्ना बोर्डिंग स्कुलको शौचालयको सेप्टी ट्यांकीमा फेला परेको प्रहरीले जनाएको छ ।

वीरगन्जको मीना बजारमा मासु पसल सञ्चालन गर्दै आएका रुमान् पासवानका छोरा निरज गत मंसिर ५ गते सम्पर्कविहीन भएका थिए । मंसिर ६ गते अभिभावकले वडा प्रहरी कार्यालय विर्तामा निरजको खोजतलासका लागि निवेदन दिएका थिए ।

त्यसको चार पाँच दिनपछि अपरिचित व्याक्तिहरूले बुबा श्रीमान् पासवानलाई मोबाइलमा फोन गरेर ५० लाख रुपैयाँ फिरौती माग गरेपछि निरज अपहरणमा परेको खुलासा भएको थियो ।त्यसपछि निरजका बुबा श्रीमान् पासवानले आफनो छोरा अपहरणमा परेको र अपहरणकारीले ५० लाख फिरौती मागेको जानकारी प्रहरीकोमा गराएका थिए ।

प्रहरीले निरजको खोजतलाशका क्रममा अपहरणमा संलग्न रहेको आशंकामा एक हप्ता पहिले दुई जना स्थानीयलाई नियन्त्रणमा लिएको थियो ।उनीहरूले दिएको बयानका क्रममा आइतबार प्रहरीले विद्यालयको शौचालयको सेप्टी ट्यांकी भित्रबाट निरजको शव फेला पारेको हो ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ९ : ५३ बजे

‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र

डुम्रे– पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित चुनपहरामा

भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छ : गृहमन्त्री अर्याल

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक भएको

विधानअनुसार विशेष महाधिवेशन बोलाउन मिल्छ, कार्यसमिति चयन गर्न मिल्दैन : कान्छाराम तामाङ

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री कान्छाराम तामाङले नेपाली कांग्रेसको

एमाले केन्द्रीय कार्यालयमा उम्मेदवारको नाम प्राप्त

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कार्यालयले आसन्न फागुन २१

प्रधानमन्त्री कार्यालयमा धर्ना बसे घाइते जेन-जी र शहीद परिवार (तस्बिरहरू)

काठमाडौं– जेन-जी घाइतेहरू र शहीदहरूको परिवारले आफ्नो माग पूरा नभएको भन्दै