एक महिना पहिले हराएका बालकको शव सेप्टी ट्यांकीमा « Khabarhub

एक महिना पहिले हराएका बालकको शव सेप्टी ट्यांकीमा


१० पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज – वीरगन्जमा झण्डै एक महिना पहिले अपहरणमा परेका एक बालकको हत्या गरी शौचालयको सेप्टी ट्यांकीमा फालिएको अवस्थामा आइतबार शव फेला परेको छ । वीरगन्ज महानगरपालिका-२५ सिर्सिया खल्वा टोलका श्रीमान् पासवानका १५ वर्षीय छोरा निरज पासवानको शव खल्वा टोलमै रहेको गुरुकुल पन्ना बोर्डिंग स्कुलको शौचालयको सेप्टी ट्यांकीमा फेला परेको प्रहरीले जनाएको छ ।

वीरगन्जको मीना बजारमा मासु पसल सञ्चालन गर्दै आएका रुमान् पासवानका छोरा निरज गत मंसिर ५ गते सम्पर्कविहीन भएका थिए । मंसिर ६ गते अभिभावकले वडा प्रहरी कार्यालय विर्तामा निरजको खोजतलासका लागि निवेदन दिएका थिए ।

त्यसको चार पाँच दिनपछि अपरिचित व्याक्तिहरूले बुबा श्रीमान् पासवानलाई मोबाइलमा फोन गरेर ५० लाख रुपैयाँ फिरौती माग गरेपछि निरज अपहरणमा परेको खुलासा भएको थियो ।त्यसपछि निरजका बुबा श्रीमान् पासवानले आफनो छोरा अपहरणमा परेको र अपहरणकारीले ५० लाख फिरौती मागेको जानकारी प्रहरीकोमा गराएका थिए ।

प्रहरीले निरजको खोजतलाशका क्रममा अपहरणमा संलग्न रहेको आशंकामा एक हप्ता पहिले दुई जना स्थानीयलाई नियन्त्रणमा लिएको थियो ।उनीहरूले दिएको बयानका क्रममा आइतबार प्रहरीले विद्यालयको शौचालयको सेप्टी ट्यांकी भित्रबाट निरजको शव फेला पारेको हो ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ९ : ५३ बजे

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि

दुई हजारभन्दा बढी यमनी व्यक्ति शरण माग्दै जिबुटीमा

एडिस अबाबा – यमनमा इरान–समर्थित हुथी लडाकु र साउदी–समर्थित सरकारबीचको