दक्षिण अफ्रिकामा ग्यास विस्फोटमा मृत्यु हुनेको सङ्ख्या १५ पुग्यो « Khabarhub

दक्षिण अफ्रिकामा ग्यास विस्फोटमा मृत्यु हुनेको सङ्ख्या १५ पुग्यो


१० पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- दक्षिण अफ्रिकाको बोक्सबर्गमा भएको ग्यास विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या आइतबार बिहानसम्म १५ पुगेको स्वास्थ्यमन्त्री जो फाहलाले आइतबार जानकारी दिएका छन् ।

शनिबार बिहान ग्यास बोकेको ट्रक गौतेङ प्रान्तको बोक्सबर्गको तल्लो पुलमुनि अड्किँदा आगलागी र विस्फोट भएको थियो ।घटनास्थलबाट सय मिटर टाढा रहेको ताम्बो मेमोरियल अस्पतालका २४ बिरामी र १३ कर्मचारी घाइते भएका छन् ।

घाइतेहरूमध्ये एक चालक र दुई नर्सको मृत्यु भएको बताइएको छ । विस्फोटबाट अस्पतालको संरचनामा क्षति पुगेको छ । दुर्घटनाबारे अनुसन्धान जारी छ ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  १० : १८ बजे

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको