दक्षिण अफ्रिकामा ग्यास विस्फोटमा मृत्यु हुनेको सङ्ख्या १५ पुग्यो « Khabarhub

दक्षिण अफ्रिकामा ग्यास विस्फोटमा मृत्यु हुनेको सङ्ख्या १५ पुग्यो


१० पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- दक्षिण अफ्रिकाको बोक्सबर्गमा भएको ग्यास विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या आइतबार बिहानसम्म १५ पुगेको स्वास्थ्यमन्त्री जो फाहलाले आइतबार जानकारी दिएका छन् ।

शनिबार बिहान ग्यास बोकेको ट्रक गौतेङ प्रान्तको बोक्सबर्गको तल्लो पुलमुनि अड्किँदा आगलागी र विस्फोट भएको थियो ।घटनास्थलबाट सय मिटर टाढा रहेको ताम्बो मेमोरियल अस्पतालका २४ बिरामी र १३ कर्मचारी घाइते भएका छन् ।

घाइतेहरूमध्ये एक चालक र दुई नर्सको मृत्यु भएको बताइएको छ । विस्फोटबाट अस्पतालको संरचनामा क्षति पुगेको छ । दुर्घटनाबारे अनुसन्धान जारी छ ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  १० : १८ बजे

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच