देशभरका भन्सार कार्यालयमा आजदेखि अनलाइन प्रणाली लागू « Khabarhub

देशभरका भन्सार कार्यालयमा आजदेखि अनलाइन प्रणाली लागू


१२ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले आजदेखि देशभरका भन्सार कार्यालयमा एकद्वार अनलाइन प्रणाली लागू गर्ने भएको छ।

७० औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा बुधबारदेखि एकद्वार अनलाइन प्रणाली लागू गर्न लागिएको भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटाले बताए।

दिवसको नाराले भन्सार सम्बन्धी तथ्याङ्कको व्यवस्थापनलाई विद्युतीय माध्यममा लैजाने तय गरेको छ। त्यही अनुसार नेपालमा विद्युतीय माध्यमबाट तथ्याङ्क प्राप्ति र विश्लेषण गर्न आवश्यक सबै पूर्वाधारको एकीकृत विकासमा जोड दिएको उनको भनाइ छ।

यसै आर्थिक वर्षभित्र भन्सार एजेन्टको छनोट र इजाजत वितरण गर्ने तयारीमा रहेको पनि उनले बताए। महानिर्देशक सापकोटाका अनुसार अहिले देशभर ३८ वटा भन्सार कार्यालय छन्।

जनवरी २६ मा विश्वभर अन्तर्राष्ट्रिय भन्सार दिवस मनाउने गरिन्छ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ८ : ०७ बजे

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी

विश्व सम्बन्धलाई कमजोर नबनाउन महासचिव गुटेर्रेसको चेतावनी

काठमाडौं – संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले विश्व सम्बन्धलाई कमजोर