देशभरका भन्सार कार्यालयमा आजदेखि अनलाइन प्रणाली लागू « Khabarhub

देशभरका भन्सार कार्यालयमा आजदेखि अनलाइन प्रणाली लागू


१२ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले आजदेखि देशभरका भन्सार कार्यालयमा एकद्वार अनलाइन प्रणाली लागू गर्ने भएको छ।

७० औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा बुधबारदेखि एकद्वार अनलाइन प्रणाली लागू गर्न लागिएको भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटाले बताए।

दिवसको नाराले भन्सार सम्बन्धी तथ्याङ्कको व्यवस्थापनलाई विद्युतीय माध्यममा लैजाने तय गरेको छ। त्यही अनुसार नेपालमा विद्युतीय माध्यमबाट तथ्याङ्क प्राप्ति र विश्लेषण गर्न आवश्यक सबै पूर्वाधारको एकीकृत विकासमा जोड दिएको उनको भनाइ छ।

यसै आर्थिक वर्षभित्र भन्सार एजेन्टको छनोट र इजाजत वितरण गर्ने तयारीमा रहेको पनि उनले बताए। महानिर्देशक सापकोटाका अनुसार अहिले देशभर ३८ वटा भन्सार कार्यालय छन्।

जनवरी २६ मा विश्वभर अन्तर्राष्ट्रिय भन्सार दिवस मनाउने गरिन्छ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ८ : ०७ बजे

पुरानो नियुक्ति खाएकालाई चन्द्र भण्डारीको सुझाव- अब लामो सास नफेर

काठमाडौँ – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नयाँ सरकार आएसँगै

रविको अभियोग फिर्ता लिने निर्णयविरुद्धको रिटमा आज पनि सुनुवाइ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सम्पत्ति

फिल्म मेकरमा साइत कुर्ने दीर्घरोग : नाच्न नजान्ने, आँगन टेढो !

काठमाडौं – नेपालमा ‘फेमिली अडिएन्स’ लक्षित गरी बनाइएका फिल्महरू ब्लकब्लस्टर

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, १५औँ महाधिवेशनबारे छलफल हुने

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक

आज विश्व क्षयरोगविरुद्धको दिवस, जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाडौँ– विश्व क्षयरोग दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी नेपालमा