निर्देशक र निर्माताको विवादले रोकियो ‘बोर्डर २’ « Khabarhub

निर्देशक र निर्माताको विवादले रोकियो ‘बोर्डर २’


१२ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– बलिउड निर्देशक जेपी दत्ताले सन् १९९७ मा सनी देओल, सुनील सेट्टी र अक्षय खन्ना जस्ता स्टारलाई लिएर फिल्म ‘बोर्डर’ बनाएका थिए । यो फिल्ममा देशभक्ति र भारतीय सेनाको भावना यति सुन्दर ढंगले देखाइएको थियो कि दर्शकहरु जनवरी २६ र अगष्ट १५ मा यो फिल्म हेर्न छुटाउदैनन् ।

‘बोर्डर’ रिलिजको यति लामो अवधि पुग्दा पनि दर्शकहरु यसको सिक्वेल खोजीरहेका छन् । जेपीले भलै आधिकारिक रुपमा ‘बोर्डर २’को घोषणा नगरे पनि उनले आन्तरिक रुपमा यसको तयारी सुरु गरिसकेका छन् । उनीसँग फिल्मको कथा तयार भए पनि निर्माता भरत शाहका कारण फिल्मले अगाडि बढ्ने मेसो पाउन सकेको छैन ।

निर्माता भरत शाह आफूसँग यो फिल्मको सिरिजको सम्पूर्ण अधिकार रहेको दाबी गर्छन् । जसकारण पनि फिल्म बन्न ढिलाई भइरहेको छ । जबसम्म निर्देशक जेपी र निर्माता भरतको यो विवाह सुल्झदैन, तबसम्म फिल्मको निर्माण कार्य अगाडि बढ्न नसक्ने फिल्म निकट स्रोतको बुझाई छ । जेपीले सनी र सुनीललाई लिएर ‘बोर्डर २’ बनाउने तयारी गरे पनि विवादका कारण अगाडि बढ्न सकेको छैन । जेपी र भरतको सम्बन्ध पहिलाको जस्तो नभएका कारण पनि फिल्मको विवाद सुल्झन समय लाग्ने उनीहरुको निकटको भनाई छ ।

यता भरतले भने फिल्म ‘बोर्डर’ सुपरहिट भएपछि निर्देशक जेपीले आफूलाई नाफा शेयर नदिएको आरोप लगाउँदै आएका छन् । उनी यो मुद्धा लिएर अदालतसम्म पुगेका थिए । सोही समयदेखि बिग्रिएको उनीहरुको सम्बन्ध अहिलेसम्म सुध्रने छाँटकाट छैन ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ११ : १८ बजे

बैतडीमा ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमामा आबद्ध

बैतडी– बैतडीमा ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

साल ०८२ : संगीतमा पनि बालेन बलियो, यी हुन् धेरै भ्युज पाउने गीत

०८२ लाई बिदा गर्दै गर्दा एकपट संगीत क्षेत्रको हाइटाइट हेरौँ

भोजपुरका सम्मरबहादुरको हत्यामा संलग्न चारजना पक्राउ

काठमाडौँ– भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा

लुम्बिनी प्रदेशमा दूध र मासु उत्पादनका लागि भैँसीको वंश सुधार कार्यक्रम

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारले प्रदेशमा भैँसीको वंश सुधार कार्यक्रममार्फत दुग्ध

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति ‘एसएमएस’बाटै प्राप्त हुने

काठमाडौँ– नेपाल प्रहरीले अबदेखि मातहतका निकायमा प्राप्त भएका निवेदन, गुनासा