नेपालको प्रगति, समृद्धि र विकासमा भारतको सहकार्यः राजदूत क्वात्रा « Khabarhub

नेपालको प्रगति, समृद्धि र विकासमा भारतको सहकार्यः राजदूत क्वात्रा


१२ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँस्थित भारतीय राजदूतावासमा आज भारतको ७३ औं गणतन्त्र दिवस मनाइएको छ ।

नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेसँगै कार्यक्रमको शुभारम्भ भएको थियो । त्यसपछि उनले भारतका माननीय राष्ट्रपतिको सन्देश पढेर सुनाएका थिए ।

भारतीय राजदूत क्वात्राले वीर नारी र मृतक सैनिकका निकटतम् नातेदारलाई नेरु ६.३५ करोड नगद तथा कम्बल वितरण गरी सम्मान गरेका छन् । सो अवसरमा राजदूत क्वात्राले नेपालको प्रगति, समृद्धि र विकासमा भारतको सहकार्य रहिरहने बताए ।

राजदूत क्वात्राले शुभकामना सन्देशमा नेपालको प्रगति, समृद्धि र विकासका साथै, द्विपक्षीय सम्बन्धको विकासमा भारतले बलियो आधार प्रदान गरेको बताए । ‘सन् २०२१ मा भएका केही उच्चस्तरीय राजनीतिक भेटघाटले भारत–नेपाल साझेदारीलाई महत्वपूर्ण गति प्रदान गरेको छ,’ उनले भने ।

दूतावासका अनुसार यसवर्ष नेपालका प्रदेश तथा जिल्लामा भारतको सहयोगमा कार्यान्वयन भएका ७५ वटा विकास परियोजनाहरु यसैवर्ष उद्घाटन गर्ने योजना छ । नेपालभरिका विभिन्न संस्था तथा स्थानीय निकायलाई दूतावासले ७५ वटा एम्बुलेन्स र स्कूल बस उपहारस्वरुप प्रदान गर्नेछ ।

 

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  १ : २४ बजे

बागमती प्रदेशमा २६ अस्थायी मतदान केन्द्र

काठमाडौं– बागमती प्रदेशका विभिन्न जिल्लामा २६ वटा अस्थायी मतदान केन्द्र

कस्तो छ आन्तरिक अर्थतन्त्रको विकास ? यसो भन्छ राष्ट्र बैंकको बृहत् आर्थिक प्रतिवेदनले

काठमाडौं– नेपालको आर्थिक वृद्धि हरेक दशकमा औसत करिब ४ प्रतिशत

‘निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ’

काठमाडौं–  गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा आज बसेको केन्द्रीय सुरक्षा समितिको

निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष

काठमाडौं– राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण

फर्कियो रविको हराएको फेसबुक पेज, ह्याकरले आक्रमण गरेको दाबी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको गायब