नेपालको प्रगति, समृद्धि र विकासमा भारतको सहकार्यः राजदूत क्वात्रा « Khabarhub

नेपालको प्रगति, समृद्धि र विकासमा भारतको सहकार्यः राजदूत क्वात्रा


१२ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँस्थित भारतीय राजदूतावासमा आज भारतको ७३ औं गणतन्त्र दिवस मनाइएको छ ।

नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेसँगै कार्यक्रमको शुभारम्भ भएको थियो । त्यसपछि उनले भारतका माननीय राष्ट्रपतिको सन्देश पढेर सुनाएका थिए ।

भारतीय राजदूत क्वात्राले वीर नारी र मृतक सैनिकका निकटतम् नातेदारलाई नेरु ६.३५ करोड नगद तथा कम्बल वितरण गरी सम्मान गरेका छन् । सो अवसरमा राजदूत क्वात्राले नेपालको प्रगति, समृद्धि र विकासमा भारतको सहकार्य रहिरहने बताए ।

राजदूत क्वात्राले शुभकामना सन्देशमा नेपालको प्रगति, समृद्धि र विकासका साथै, द्विपक्षीय सम्बन्धको विकासमा भारतले बलियो आधार प्रदान गरेको बताए । ‘सन् २०२१ मा भएका केही उच्चस्तरीय राजनीतिक भेटघाटले भारत–नेपाल साझेदारीलाई महत्वपूर्ण गति प्रदान गरेको छ,’ उनले भने ।

दूतावासका अनुसार यसवर्ष नेपालका प्रदेश तथा जिल्लामा भारतको सहयोगमा कार्यान्वयन भएका ७५ वटा विकास परियोजनाहरु यसैवर्ष उद्घाटन गर्ने योजना छ । नेपालभरिका विभिन्न संस्था तथा स्थानीय निकायलाई दूतावासले ७५ वटा एम्बुलेन्स र स्कूल बस उपहारस्वरुप प्रदान गर्नेछ ।

 

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  १ : २४ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते