सेयर बजारमा भारी गिरावट, लगानीकर्ता चिन्तित « Khabarhub

सेयर बजारमा भारी गिरावट, लगानीकर्ता चिन्तित


१२ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सेयर बजारमा भारी गिरावट आएको छ ।

बुधबारको कारोबारमा बजार मापन गर्ने इन्डेक्ससँगै करोबार रकम पनि घटेको छ । इन्डेक्ससँगै निरन्तर कारोबार रकम घट्दा बजार कता जाँदैछ भन्ने तर्फ लगानीकर्ता चिन्तित बन्न थालेका छन् ।

बुधबार बजार मापन गर्ने सूचक ३८.४५ अंकले घटेर परिसूचक २७७६.६१ बिन्दूमा रोकिएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ६.५६ अंकले घटेर ५१८.३८ बिन्दूमा रोकिएको छ ।

२३३ कम्पनीको ९३ लाख ५८ हजार ७०० कित्ता सेयर ४ अर्ब ३१ करोड ३१ लाख ५४ हजार रुपैयाँमा किनबेच भएको छ । यो दिनको कारोबारमा अधिकाँश समूहको उपसूचकमा गिरावट देखिएको छ ।

बैंकिङ समूहको २२.७६, विकास बैंक ८३.६२, फाइनान्स ५९.०७, जलविद्युत ५२.४०, जीवन बीमा २७७.६५, माइक्रोफाइनान्स ६३.१२, निर्जीबन बीमा समूहको उपसूचक १४२.५४ अंकले घटेको छ ।

बजारमा दोहोरो अंकको गिरावट आउँदा पनि २ वटा कम्पनीको कारोबारमा सकारात्मक सर्किट लागेको छ । जसमा वन नेपाल लघुवित्त वित्तीय संस्था र बुद्धभूमि नेपाल हाईड्रोपावरको मूल्य १० प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ४ : २२ बजे

ग्रीन आर्मीको स्पष्टीकरण : खारेज भएको होइन, निरन्तर सक्रिय छौँ

काठमाडौं- ग्रीन आर्मी नेपालले संस्था खारेज भएको भन्ने समाचार तथा

ताँदी नदीमा बेलीब्रिज जडान जारी

नुवाकोट– नुवाकोटको देवीघाट बजारको ताँदी नदीमा बेलीब्रिज जडान सुरु भएको

बाढीमा ज्यान गुमाएकाको सम्झनामा भिक्षुको प्रार्थना (तस्बिरहरू)

नुवाकोट– भदौ १० गते त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा ज्यान

यस्तो छ सरकारको भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई विशेष पुनरुत्थान प्याकेज

काठमाडौं– भदौ १० गते भोटेकोशीमा आएको बाढीको कारणले हजारौँ नागरिकको

इरानमा इन्धन ट्यांकर विस्फोट, मृत्यु हुनेको संख्या १२ पुग्यो

तेहरान- पश्चिमी इरानमा शनिबार भएको सडक दुर्घटनापछि इन्धन बोकेको ट्यांकर