लताको स्वास्थ्य लाभका लागि महामृत्युंजय जप « Khabarhub

लताको स्वास्थ्य लाभका लागि महामृत्युंजय जप


१२ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– बलिउडकी दिग्गज एवं लोकप्रिय गायिका लता मंगेशकर निकै लामो समयदेखि अस्पतालमा छिन् । कोरोना भाइरस संक्रमित भएपछि उनलाई मुम्बईको ब्रीच केण्डी अस्पतालमा भर्ना गरिएको थियो । अहिले डाक्टर र परिवारले उनको स्वास्थ्य अवस्थाको बारेमा नियमित जानकारी दिइरहेका छन् ।

यता लताको स्वास्थ्य लाभको कामना गर्दै अयोध्यामा महामृत्युंजय जप र हवन भइरहेको छ । जगद्गुरु परमहंस आचार्य महाराजले अयोध्यामा लताका लागि महामृत्युंजय जप राखेका हुन् । उनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई चाँडै लतालाई भेट्न अस्पताल जान आग्रह गरेका छन् । लता हाल आइसियूमा छिन् ।

‘मैले गायिका लता मंगेशकरको राम्रो स्वास्थ्यका लागि महामृत्युंजय जपको आयोजना गरेको हुँ । म प्रधानमन्त्री मोदीसँग अनुरोध गर्दछु कि उहाँ अस्पतालमा लतासँग भेट गर्न जानुहोस्’, उनले भनेका छन् ।

यसअघि लताको स्वास्थ्य लाभका लागि जगद्गुरुको घर परिवारले भगवान शिवको पुजा गरेका थिए ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ९ : १५ बजे

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित