उदयपुरमा सेवा लिन खोपकार्ड अनिवार्य « Khabarhub

उदयपुरमा सेवा लिन खोपकार्ड अनिवार्य


१२ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– उदयपुरको अधिकांश सरकारी तथा वित्तिय संस्थाहरुमा सेवा लिन जाँदा कोभिड १९ विरुद्धको खोप लगाएको कार्ड लिएर मात्रै प्रवेश पाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय उदयपुरले गत आइतबारदेखि खोप कार्ड र माक्स अनिवार्य गरेको छ । खोप कार्ड नहुने र मास्क नलगाउने सेवाग्राहीलाई मूल ग्रेटबाट नै फकाईने गरेको छ ।

त्यसैगरी अन्य सरकारी कार्यालय तथा नेपाल ईन्भेष्टमेण्ट बैंक गाईघाट शाखा, राष्ट्रिय वाणिज्य बैंक गाईघाट शाखा लगायतमा खोप कार्ड र मास्क अनिवार्य गरेको हो । खोप कार्ड र मास्क नलगाइ गएका सेवाग्राहीले सेवा लिन पाउँदैनन् ।

अधिकांश सरकारी कार्यालयहरूले सो निणर्य गरेको जनाएका छन् । कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरुले कोभिड १९ विरुद्धको खोप कार्ड अनिवार्य लिएर आएको सेवाग्राहीलाई मात्रै सेवा लिन कार्यालय प्रबेश गर्न सुरक्षाकर्मीले दिने गरेका हुन् ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  १० : ४० बजे

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट