मुख र जिब्रोको खटिरा निको पार्न के गर्ने ? « Khabarhub

मुख र जिब्रोको खटिरा निको पार्न के गर्ने ?


१४ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

कहिलेकाहीँ जिब्रो र मुखमा खटिरा आउँदा खान पिउन निकै समस्या हुने गर्दछ । दाँतले जिब्रो टोकिँदा, कब्जियतका कारणले वा अन्य कारणले पनि मुख र जिब्रोमा खटिरा आउन सक्छ । यस्तो समस्या तपाईँमा पनि हुने गरेको छ भने, आत्तिनु पर्दैन यसको घरेलु उपचार सम्भव छ ।

– अलैँचीको चूर्ण
अलैँचीको धूलोलाई महमा चोबेर खटिरामा लगाउँदा र मुखको र्‍याल चुहाउँदा पनि खटिरा बिलाएर जान्छ ।

– अम्बाका पात
अम्बाका पातलाई उमालेर कुल्ला गर्दा गला र जिब्रो सफा हुन्छ साथै खटिरा पनि हराउँछ ।

– मुलेठी
मुलेठीको काँढा बनाएर चिस्याउनुस् त्यसलाई कपडा वा चियादानीले छान्नुहोस् र यसको पानीले दिनमा ३-४ पटक कुल्ला गर्नुहोस् । यसले मुख र जिब्रोका खटिरा हराउँछ ।

– घिउकुमारी
घिउकुमारीको रस खटिरामा लगाउँदा पीडाबाट छिटो मुक्ति पाइन्छ साथै खटिरा पनि छिट्टै निको हुन्छ ।

– नरिवल पानी
नरिवलको पानीले पनि मुख र जिब्रोको खटिरा ठिक पार्छ ।

– हरियो धनियाको रस
धनियाँलाई पानीमा उमालेर त्यसको पानी छानेर चिस्याउने र कुल्ला गर्दा खटिरा गायब हुन्छ ।

– मह
महलाई पानीमा मिसाएर कुल्ला गर्दा पनि खटिरा हराउँछ ।
पञ्जाब केशरी

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ७ : ३४ बजे

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ

आज २०८२ साल माघ ६ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका