बालकोट बैठकले दबाबमा प्रचण्ड र नेपाल | Khabarhub Khabarhub

बालकोट बैठकले दबाबमा प्रचण्ड र नेपाल


१४ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी विकास सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसीं) अनुमोदनका लागि लगातार बालकोटमा वार्ता गरेपछि सत्तारुढ दल दबाबमा देखिएका छन्।

एमसीसी पारित गर्न सत्ता गठबन्धनले साथ नदिए प्रमुख प्रतिपक्ष दल एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको दुई दलका शीर्ष नेतासँग छलफललाई निरन्तरता दिएपछि गठबन्धनका नेता दबाबमा परेका हुन्। देउवाको बालकोट मुभले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल तनावमा देखिएका हुन्। गठबन्धनका केही नेताले भने एमसीसीका कारण गठबन्धन नतोडिने बताएका छन्।

शुक्रबार राति बालकोटस्थित ओली निवासमा भएको भेटवार्तामा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सबैको सहमतिमा प्रतिनिधि सभाबाट अनुमोदन गरौं भन्ने प्रस्ताव राखेका थिए।

बैठकमा सहभागी भएर निस्कने क्रममा सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधि सभा सुचारु गर्न प्रधानमन्त्रीले अस्ति र हिजो पनि भेट गरेको र त्यसैको निरन्तरताको बैठक भएको बताए।

‘प्रधानमन्त्रीले एमसीसीलाई सबैको सहमतिमा प्रतिनिधि सभाबाट अनुमोदन गरौं भन्ने प्रस्ताव गर्नुभएको छ। प्रमुख प्रतिपक्ष दलको नेता केपी शर्मा ओलीले पुरानै कुरा गर्नुभएको छ’, बैठकबारे जानकारी दिँदै उनले भने, ‘हामीलाई संसदमा प्रवेश गर्ने वातावरण बनाउनुस्। त्यसपछि हामी निर्णय गर्छौं भनेर ओलीले भन्नु भयो।’

ओलीले लोकतन्त्रका लागि संघर्ष गरेका दुई पार्टी लोकतान्त्रिक मूल्यमान्यताका लागि हामी एक ठाउँमा उभिनु पर्ने बताएको कार्कीले बताए। ‘धेरै संघर्ष गरेर लोकतन्त्रको स्थापना गरेका छौं। लोकतन्त्रको यात्रामा हामी सहयात्री हौं, त्यसैले लोकतान्त्रिक मूल्यमान्यताका लागि हामी एक ठाउँमा उभिनुपर्छ’, उनले भने।

ओलीले संसद प्रवेशको बाटो आफूहरुलाई नखुलेको भन्दै खुलाउन आग्रह गरेका थिए। कार्कीले संसद प्रवेशको बाटो खोल्नका लागि सबै दलले आआफ्ना अडान भन्दा राष्ट्रिय हितका निम्ति दुई पाइला अगाडि हिँडन् जरुरी रहेको बताए।

‘गठबन्धनका बारेमा कांग्रेस गम्भीर देखियो’

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले एमसीसी संसदबाट पारित गर्न सहयोग मागेको बताएका छन्।

बालकोटमा भएको भेटपछि पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। ज्ञवालीले आफूहरुले पूरानै कुरा राखेको बताए। एमालेलाई संसदमा बस्ने वातावरण बनाउन आफूहरुले कांग्रेससँग माग गरेको उनको भनाइ छ।

लोकतन्त्रका लागि योगदान गरेका एमाले कांग्रेसको योगदान हिजो पनि भएको र आगामी दिनमा पनि कसरी अघि बढ्ने भन्नेबारे छलफल भएको उनले बताए। गठबन्धनमा समस्या देखिएको भन्दै उनले त्यसमा कांग्रेस गम्भीर देखिएको बताए।

बालकोटमा लामो समय छलफल भए पनि प्रधानमन्त्री देउवाले एमसीसीमा साथ दिन प्रचण्ड र नेपाललाई शनिबार दिउँसोसम्मको समय दिएका छन्। शनिबार दिउँसोसम्म गठबन्धन जोगाएर एमसीसी पास गर्ने विषयमा समझदारी नभए सत्ता गठबन्धन तोड्ने चेतावनी देउवाले दिइसकेका छन्। देउवाको यो चेतावनीले प्रचण्ड र नेपाल तनावमा परेका हुन्।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ६ : १४ बजे

कोशी प्रदेश सभाको बर्खे अधिवेशन अन्त्य

विराटनगर – कोशी प्रदेशसभाको पाचौँ अधिवेशन आजदेखि अन्त्य भएको छ

‘जापानमा रोजगारी गर्न चाँडै नै नेपाली श्रमिक पठाउँछौं’

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले

आजका समाचार : सहकारी छानविन प्रतिवेदन सार्वजनिक, प्रधानमन्त्री राष्ट्रसङ्घतीर र रामकुमारीसँग रिसाए माधव 

प्रधानमन्त्री ओली अमेरिका प्रस्थान प्रधानमन्त्री केपी शर्मा ओली आज संयुक्त

सीके राउतको गुनासो- संविधानमा भएका अधिकार पनि खोस्ने खेल हुँदैछ

जनकपुरधाम– जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले संविधानमा भएका अधिकार पनि

रविले ग्यालेक्सी टिभीबाट तलब नै लिएका थिए एक करोडभन्दा बढी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ग्यालेक्सी