युक्रेनमा रहेका १९३ नेपाली सम्पर्कमा, सीमा नाकाबाट अर्को मुलुक प्रवेश गर्न सकिने  « Khabarhub

युक्रेनमा रहेका १९३ नेपाली सम्पर्कमा, सीमा नाकाबाट अर्को मुलुक प्रवेश गर्न सकिने 



दोहा – युक्रेनमा रहेका १९३ जना नेपाली जर्मनीस्थित नेपाली दूतावासको सम्पर्कमा आएका छन् । जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले शुक्रबार साँझसम्ममा १९३ नेपाली दूतावासको सम्पर्कमा आएको जानकारी दिएका छन्।

सम्पर्कमा आएका सबै नेपालीहरू हालसम्म सकुशल रहेको राजदूत खड्काले बताए । दूतावासले एक विज्ञप्ति जारी गर्दै युक्रेनमा उत्पन्न पछिल्लो संकट पछि त्यस मुलुकको विभिन्न सहरमा रहेका नेपाली नागरिकहरूको स्थिति हासिल गर्ने कार्य निरन्तर भइरहेको जनाएको छ ।

बिहिबार र शुक्रबार युक्रेनसँग सिमाना जोडिएका छिमेकी मुलुलहरु गणतन्त्र स्लोभाकिया, पोल्याण्ड र हंगेरीले युक्रेनबाट निस्कन चाहने विदेशी नागरिकहरूलाई आफ्नो मुलुकहरूमा प्रवेशका लागि नाका खुल्ला गरेको दूतावासले जनाएको छ ।

नाका खुल्ला भएकाले समस्यामा परेका नेपालीहरू आफूलाई पायक पर्ने तथा सहज हुने नजिकका मुलुकहरूमा गएर सुरक्षित रहन सक्ने समेत दूतावासले जनाएको छ । यी मुलुकहरू प्रवेश गरी त्यहाँबाट सहज रूपमा नेपाल फर्कन सकिने छ ।

सीमा नाका प्रवेश गर्ने क्रममा आफ्नो परिचय खुल्ने कागजात राहदानी वा यात्रा अनुमति पत्र आवश्यक पर्ने भएमा आफ्नो राहदानीको फोटोकपी एक प्रति र डिजिटल फोटो एक प्रति दूतावासले उपलब्ध गराएको ठेगानामा पठाउन अनुरोध गरिएको छ ।

तीन जना नेपाली युक्रेनबाट पोल्याण्ड प्रवेश गरी सुरक्षित रहेका छन् । साथै सीमा नाकाबाट प्रवेश गरिसकेपछि कुनै समस्या भएमा गैर आवासीय नेपाली संघ (एनआरएनए) वा नेपाली समुदायका नेतृत्वकर्ता वा अगुवाहरूलाई सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ ।

स्लोभाकिया : जय प्रसाद शिवाकोटी – ००४२१९४०७८५९४४
हंगेरी : सुरेन्द्र श्रेष्ठ : ००३६७०५३०८७९३
पोल्याण्ड : डा. बोधराज सुबेदी – ००४८६०६८५२८३७
जीवनकुमार क्षेत्री – ००४८७२९२१२६७३

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ६ : ३० बजे

थोरै पानीले धेरै सिँचाइ गर्ने ‘काचाल्का’ प्रविधि

चितवन– कृषिलाई व्यावसायिक बनाइ कम लागतमा बढी उत्पादन सुनिश्चित गर्नु

आईपीएलमा बेङ्गलोरुले दियो २५१ रनको विशाल लक्ष्यः चेन्नाई ४३ रनले पराजित

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ११ औँ

महिलालाई आयआर्जनमा जोड्न पञ्चैबाजा तालिम

म्याग्दी– परम्परागत मौलिक बाजाको संरक्षण र महिलालाई आत्मनिर्भर बनाउन बेनी

पर्वतमा गहुँबालीको प्रजनन बिउ उत्पादन गरिँदै

पर्वत– पर्वतमा यस वर्षदेखि गहुँबालीको प्रजनन बिउका लागि गहुँ खेती

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर