खाली पेटमा लसुन खाँदा यस्तो फाइदा हुन्छ « Khabarhub

खाली पेटमा लसुन खाँदा यस्तो फाइदा हुन्छ


१४ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसुनमा धेरै गुणकारी तत्त्वहरू पाइने भएकाले आयुर्वेदमा लसुनलाई औषधी नै मानिएको छ । जसले हामीलाई विभिन्न रोगहरूबाट मुक्त गराउँछ । साथै धेरै लाभहरू गर्दछ । बिहान सबेरै खाली पेटमा लसुन खानाले यसले सबैभन्दा धेरै फाइदा गर्दछ ।

– स्वस्थ मुटु
लसुनले मुटुसँग सम्बन्धित रोगलाई नाश गर्दछ । लसुन खाँदा रगत स्वस्थ हुनुका साथै हर्ट अट्याकको खतरा कम हुन्छ । लसुन र महको मिश्रण खाँदा धमनीमा जम्मा हुने खराब तत्व हराएर जान्छ जसले ब्लड सर्कुलेशनलाई सही तरीकाले मुटुसम्म पुर्‍याउँछ ।

– उच्च रक्तचापमा लाभ
लसुन खानाले उच्च रक्तचापबाट छुटकारा दिलाउँछ साथै ब्लड सर्कुलेशनलाई कन्ट्रोल गर्न मद्दत गर्छ । चिकित्सक उच्च रक्तचापबाट पीडित नियमित लसुन खाने सल्लाह दिन्छन् ।

पेटको रोगमा लाभ
पेटसँग सम्बन्धित रोगहरूको रोकथामका लागि लसुनको सेवन निकै उपयोगी हुन्छ । पानी उमालेर त्यसमा लसुन हाली खाली पेटमा खाने हो भने यसले डायरिया र कब्जियतबाट मुक्त गराउँछ । साथै शरीरका हानिकारक तत्त्वहरू पनि बाहिर निकाल्न मद्दत गर्छ ।

– पाचन प्रणाली
लसुनले पाचन प्रणालीलाई राम्रो बनाउँछ । खाली पेटमा लसुनको केस्रा चपाएर खाने हो भने यसले पाचन राम्रो बनाउँछ साथै रुचि पनि बढाउँछ ।

– तनावबाट छुटकारा
पेटमा जम्मा हुने एक एसिडले मानिसको मन बेचैन बनाउन सक्छ । तर लसुनले यस्तो एसिड उत्पन्न हुन दिँदैन । लसुन खानाले टाउको दुख्ने समस्या पनि कम गराउँछ ।

दाँतको दुःखाईबाट छुटकारा
लसुनलाई पिसेर दाँतमा लगाउँदा केही समयमै दुःखाई हटेर जान्छ ।

रुघाखोकीमा राहत
लसुनले श्वाससँग सम्बन्धित रोगहरू रोकथाममा सहायक भूमिका निभाउँछ । यस्तै ज्वरो, रुघाखोकी, निमोनियाका बिरामीमा पनि लसुनले प्राकृतिक औषधीका रूपमा काम गर्छ ।

– एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ६ : ४९ बजे

‘सुनसरी गोलीकाण्डको नैतिक र राजनैतिक जिम्मेवारी लिएर गृहमन्त्रीले राजीनामा दिनुपर्छ’

काठमाडौं– जेन-जी आन्दोलनका नेता रवि किरण हमालले सुनसरीको देवानगञ्जमा आइतबार

डिजेको आवाज र धार्मिक झण्डाबाट देवानगञ्जमा तनाव, प्रजिअ भन्छन्- संवेदनशील क्षेत्रमा नहुनुपर्ने घटना भयो

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

झापामा लगत सङ्कलनदेखि धनीपुर्जा वितरणसम्मका कार्य तीव्र

भद्रपुर– जिल्ला भूमि समस्या समाधान समिति र स्थानीय तहले सार्वजनिक र

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

चितवन– नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी जगेडा नगर्न

न्याय माग्दै फेरि सडकमा सहकारी पीडित (तस्बिरहरू)

काठमाडौं– सहकारी पीडितहरूले आफूलाई न्याय दिनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन गरेका