खाली पेटमा लसुन खाँदा यस्तो फाइदा हुन्छ | Khabarhub Khabarhub

खाली पेटमा लसुन खाँदा यस्तो फाइदा हुन्छ


१४ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसुनमा धेरै गुणकारी तत्त्वहरू पाइने भएकाले आयुर्वेदमा लसुनलाई औषधी नै मानिएको छ । जसले हामीलाई विभिन्न रोगहरूबाट मुक्त गराउँछ । साथै धेरै लाभहरू गर्दछ । बिहान सबेरै खाली पेटमा लसुन खानाले यसले सबैभन्दा धेरै फाइदा गर्दछ ।

– स्वस्थ मुटु
लसुनले मुटुसँग सम्बन्धित रोगलाई नाश गर्दछ । लसुन खाँदा रगत स्वस्थ हुनुका साथै हर्ट अट्याकको खतरा कम हुन्छ । लसुन र महको मिश्रण खाँदा धमनीमा जम्मा हुने खराब तत्व हराएर जान्छ जसले ब्लड सर्कुलेशनलाई सही तरीकाले मुटुसम्म पुर्‍याउँछ ।

– उच्च रक्तचापमा लाभ
लसुन खानाले उच्च रक्तचापबाट छुटकारा दिलाउँछ साथै ब्लड सर्कुलेशनलाई कन्ट्रोल गर्न मद्दत गर्छ । चिकित्सक उच्च रक्तचापबाट पीडित नियमित लसुन खाने सल्लाह दिन्छन् ।

पेटको रोगमा लाभ
पेटसँग सम्बन्धित रोगहरूको रोकथामका लागि लसुनको सेवन निकै उपयोगी हुन्छ । पानी उमालेर त्यसमा लसुन हाली खाली पेटमा खाने हो भने यसले डायरिया र कब्जियतबाट मुक्त गराउँछ । साथै शरीरका हानिकारक तत्त्वहरू पनि बाहिर निकाल्न मद्दत गर्छ ।

– पाचन प्रणाली
लसुनले पाचन प्रणालीलाई राम्रो बनाउँछ । खाली पेटमा लसुनको केस्रा चपाएर खाने हो भने यसले पाचन राम्रो बनाउँछ साथै रुचि पनि बढाउँछ ।

– तनावबाट छुटकारा
पेटमा जम्मा हुने एक एसिडले मानिसको मन बेचैन बनाउन सक्छ । तर लसुनले यस्तो एसिड उत्पन्न हुन दिँदैन । लसुन खानाले टाउको दुख्ने समस्या पनि कम गराउँछ ।

दाँतको दुःखाईबाट छुटकारा
लसुनलाई पिसेर दाँतमा लगाउँदा केही समयमै दुःखाई हटेर जान्छ ।

रुघाखोकीमा राहत
लसुनले श्वाससँग सम्बन्धित रोगहरू रोकथाममा सहायक भूमिका निभाउँछ । यस्तै ज्वरो, रुघाखोकी, निमोनियाका बिरामीमा पनि लसुनले प्राकृतिक औषधीका रूपमा काम गर्छ ।

– एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ६ : ४९ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर