लीलामणिलाई बाबुरामको प्रश्न : आगोमा सत्यको पानी हाल्ने कि भ्रमको घीउ थप्ने ? « Khabarhub

लीलामणिलाई बाबुरामको प्रश्न : आगोमा सत्यको पानी हाल्ने कि भ्रमको घीउ थप्ने ?


१४ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पूर्वमुख्यसचिव लीलामाणि पौडेलले एमसीसीमाथिको भ्रममा घिउ थप्ने काम गरेको आरोप लगाएका छन्।

चीनका लागि पूर्वराजदूतसमेत रहेका पौडेलले एमसीसी राष्ट्रघाति भएको भन्दै दिएको अभिव्यक्तप्रति उनले प्रश्न गरेका हुन्।

पौडेलले शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा अब अर्थ सचिवको सरुवासमेत एमसीसीले गर्ने भन्दै गरेको टिप्पणीप्रति बाबुरामले आक्रेश व्यक्त गरेका हुन्।

एमसीसीले यसको पक्षमा वकालत गर्नेलाई पैसा बाँडेको टिप्पणीसमेत उनले गरेका छन्। पछिल्लो समय माओवादी केन्द्रमा आवद्ध भएका पौडेललाई गम्भीर बनेर धारणा राख्न बाबुरामले सुझाव दिएका छन्।

‘जिम्मेवार मान्छेले भ्रमको आगोमा सत्यको पानी हाल्ने कि भ्रमको घीउ थप्ने ?’, पौडेलमाथि प्रश्न गर्दै बाबुरामले लेखेका छन्, ‘एउटा देशभक्तले सामरिक भूमरीमा फस्दै गएको देशलाई प्रतिस्पर्धी शक्तिहरूबीचमा गतिशील सन्तुलन कायम राखेर देशको स्वाधीनताको रक्षा गर्ने कि एउटा सामरिक धुरीमा ढल्केर द्वन्द्वको भूमरीलाई मलजल गर्ने ? सबै गम्भीर बनौं।’

बाबुरामले ट्वीट गर्दै एमसीसीका कारण आम नागरिक र राजनीतिक दल विभाजित हुँदा सबै गम्भीर बन्नुपर्नेमा जोड दिएका हुन्। उनले जनता विभाजित गर्ने अभिव्यक्ति नदिन सुझावसमेत दिएका हुन्।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ९ : १८ बजे

कृषिमन्त्री चौधरीद्वारा पदभार ग्रहण

काठमाडौं– नवनियुक्त कृषि तथा पशुपक्षी विकास र वन तथा वातावरणमन्त्री गीता

गृहमन्त्रीलाई बधाई दिन मन्त्रालयमै पुगे सहिद परिवार र जेन-जी घाइते

काठमाडौं– नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गरेका छन् ।

बहराइन र यूएई होटलमा अमेरिकी सैनिकको उपस्थिति : इरानको कडा प्रतिक्रिया

तेहरान- इरानले बहराइन र संयुक्त अरब इमिरेट्स (यूएई) का होटल

बालेन मन्त्रिपरिषद् : कुन मन्त्रीलाई कुन वरीयता ?

काठमाडौं– नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह बालेन नेतृत्वको मन्त्रिपरिषद्को सूची राष्ट्रपति

लाङटाङ क्षेत्र गएको मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन

काठमाडौं- रसुवाको लाङटाङ क्षेत्रमा गएको मुस्ताङ एयरको एउटा हेलिकप्टर शुक्रबार