युक्रेनमा रहेका नेपालीलाई छिमेकी देशमा जान जर्मन दूतावासको आग्रह (विज्ञप्तिसहित) « Khabarhub

युक्रेनमा रहेका नेपालीलाई छिमेकी देशमा जान जर्मन दूतावासको आग्रह (विज्ञप्तिसहित)


१४ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रुसी आक्रमणका कारण संकटग्रस्त युक्रेनमा रहेका नेपालीहरूलाई अन्यत्र जान जर्मनको बर्लिनस्थित नेपाली राजदूतावासले अनुरोध गरेको छ ।

दूतावासले विज्ञप्ति जारी गरी युक्रेनबाट सुरक्षित तरिकाले स्लोभाकिया, पोल्याण्ड वा हंगेरीतर्फ जान नेपालीहरूलाई आग्रह गरेको हो ।

युद्ध बढेपछि यी राष्ट्रले नाका खुला गरिदिएकाले त्यहाँबाट निस्किन दूतावासले भनेको छ ।

‘हिजो र आज समेत गरी युक्रेनसँग सिमाना जोडिएका छिमेकी मुलुकहरू गणतन्त्र स्लोभाकिया, पोल्याण्ड र हंगेरीले युक्रेनबाट निस्कन चाहने विदेशी नागरिकहरूलाई आफ्ना मुलुकमा प्रवेशका लागि नाका खुल्ला गरेको जानकारी नियोगमा प्राप्त भएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

सीमा नाकामा प्रवेश गर्न राहदानी या यात्रा अनुमतिपत्र आवश्यक परेमा राहदानीको फोटोकपि फोटो दूतावासको ठेगानामा पठाउन पनि आग्रह गरिएको छ ।

हालसम्म १ सय ९३ जना नेपाली सम्पर्कमा आएको दूतावासले जनाएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ५ : ५३ बजे

चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वलाई लक्षित गर्दै सार्वजनिक

युक्रेनलाई प्याट्रियट मिसाइल उत्पादनको अनुमति दिने ट्रम्पको निर्णय

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई उन्नत प्याट्रियट हवाई प्रतिरक्षा

महासंघको यातायात तथा पारवहन समिति उपसभापतिमा मेघराज पौडेल मनोनीत

काठमाडौं– अटोमोबाइल व्यवसायमा लामो समयदेखि सक्रिय मेघराज पौडेललाई नेपाल उद्योग वाणिज्य

ऊर्जाका आयोजनाको निर्माणमा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तालाई कारबाही गर्छौं : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले जलविद्युत तथा ऊर्जाका निर्माणाधीन

 कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा ‘कम्पनी