काँग्रेस–एमालेबीचको बैठक आज पनि निष्कर्षविहीन « Khabarhub

काँग्रेस–एमालेबीचको बैठक आज पनि निष्कर्षविहीन


१४ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौैँ– नेपाली काँग्रेस र नेकपा एमालेबीचको बैठक आज पनि निष्कर्षविहीन भएको छ ।

ओली निवास बालकोटमा बसेको बैठक बिना कुनै निष्कर्ष टुंगिएको हो ।

दुवै पक्ष आ–आफ्नै अडानमा कायमै रहेपछि बैठक निरन्तर निष्कर्षविहीन हुँदै आएको छ ।

बैठकमा नेपाली काँग्रेसका नेताहरूले एमसीसी पास गराउन साथ दिन एमालेसँग आग्रह गरेका थिए ।

जवाफमा नेकपा एमालेका नेताहरूले आफ्नो पार्टीले कारबाही गरेको १४ सांसदलाई प्रतिनिधिसभाबाट नहटाइएसम्म अर्को विषयमा कुरा गर्न नसकिने अडान यथावत् राखे ।

बैठकपछि एमाले महासचिव शंकर पोखरेलले भने, ‘संसदमा प्रवेश गर्ने बाटो सत्ता पक्षका तर्फबाट बनाउनुस् । जुन दिने हामीलाई संसदमा प्रवेश गर्ने वातावरण बनाउनुहुन्छ त्यो दिनदेखि संसदका हरेक विषयहरूमा प्रस्तुत हुन्छौँ । स्पष्ट दृष्टिकोणका साथ प्रस्तुत हुन्छौँ ।’

महासचिव पोखरेलले गबन्धनमा रहेका दलहरूलाई नै पहिला एमसीसीमा एक धारणा सार्वजनिक गर्न आग्रह गरेको बताए ।

गठबन्धनमै एमसीसीमा एक राय नभएको अवस्थामा प्रतिपक्षीले यस विषयमा बोल्नुपर्ने बाध्यता नभएको पनि पोखरेलले स्पष्ट पारे ।

https://www.facebook.com/khabarhubofficial/videos/652848819305573

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ७ : १५ बजे

सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

काठमाडौं– बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको हालको परिस्थिति र

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्रको तयारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्दसत्र हुँदैछ

सुनचाँदीको मूल्य कीर्तिमानी उचाइमा, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

गण्डकीमा महिला मतदाता बढी

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सडक सञ्जालमा जोडिँदै म्याग्दीको गुर्जा

म्याग्दी– ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन,’ म्याग्दीमा