काँग्रेस–एमालेबीचको बैठक आज पनि निष्कर्षविहीन « Khabarhub

काँग्रेस–एमालेबीचको बैठक आज पनि निष्कर्षविहीन


१४ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौैँ– नेपाली काँग्रेस र नेकपा एमालेबीचको बैठक आज पनि निष्कर्षविहीन भएको छ ।

ओली निवास बालकोटमा बसेको बैठक बिना कुनै निष्कर्ष टुंगिएको हो ।

दुवै पक्ष आ–आफ्नै अडानमा कायमै रहेपछि बैठक निरन्तर निष्कर्षविहीन हुँदै आएको छ ।

बैठकमा नेपाली काँग्रेसका नेताहरूले एमसीसी पास गराउन साथ दिन एमालेसँग आग्रह गरेका थिए ।

जवाफमा नेकपा एमालेका नेताहरूले आफ्नो पार्टीले कारबाही गरेको १४ सांसदलाई प्रतिनिधिसभाबाट नहटाइएसम्म अर्को विषयमा कुरा गर्न नसकिने अडान यथावत् राखे ।

बैठकपछि एमाले महासचिव शंकर पोखरेलले भने, ‘संसदमा प्रवेश गर्ने बाटो सत्ता पक्षका तर्फबाट बनाउनुस् । जुन दिने हामीलाई संसदमा प्रवेश गर्ने वातावरण बनाउनुहुन्छ त्यो दिनदेखि संसदका हरेक विषयहरूमा प्रस्तुत हुन्छौँ । स्पष्ट दृष्टिकोणका साथ प्रस्तुत हुन्छौँ ।’

महासचिव पोखरेलले गबन्धनमा रहेका दलहरूलाई नै पहिला एमसीसीमा एक धारणा सार्वजनिक गर्न आग्रह गरेको बताए ।

गठबन्धनमै एमसीसीमा एक राय नभएको अवस्थामा प्रतिपक्षीले यस विषयमा बोल्नुपर्ने बाध्यता नभएको पनि पोखरेलले स्पष्ट पारे ।

https://www.facebook.com/khabarhubofficial/videos/652848819305573

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ७ : १५ बजे

समुदायमा भिजेकी निशा : नर्स हुँदै राजनीतिमा होमिएर बनिन् स्वास्थ्यमन्त्री

काठमाडौं – इनरुवाकी निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेकी

कृषक परिवारका विक्रम : पत्रकार हुँदै राजनीतिमा लागेर सञ्चारमन्त्री

काठमाडौं– नवनियुक्त युवा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारमा डा.विक्रम

बालेन्द्र क्याबिनेट : स्वर्णिमलाई दोस्रो, सुधनलाई तेस्रो वरीयता

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको संघीय सरकारमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

स्ट्रेट अफ होरमुज इरानको नियन्त्रणमा, विश्व बजारमा तेल आपूर्ति संकट गहिरिँदै

तेहरान– स्ट्रेट अफ होरमुज मा इरानले आफ्नो नियन्त्रणलाई औपचारिक बनाउँदै ‘टोल

बालेन्द्रले लिए प्रधानमन्त्री पदको शपथ

काठमाडौं- नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले प्रधानमन्त्री पदको शपथ लिएका छन्।