युक्रेनमा शान्तिका लागि लुम्बिनीमा दीप प्रज्जवलन « Khabarhub

युक्रेनमा शान्तिका लागि लुम्बिनीमा दीप प्रज्जवलन


१४ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– विश्व शान्तिको कामना गर्दै लुम्बिनीमा आज शान्ति दीप प्रज्जवलन गरिएको छ ।

रुसी आक्रमणका कारण युक्रेनमा भइरहेको युद्ध, हत्या, हिंसा र बमबारीले सिङ्गो संसार आक्रान्त भइरहेको भन्दै लुम्बिनीका स्थानीयवासीले आज १०८ दीप प्रज्ववलन र शान्ति प्रार्थना गरेका हुन् ।

विश्व शान्तिको मुहान् लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा भेला भएका स्थानीय नागरिक, पर्यटन व्यवसायी तथा भिक्षु–भिक्षुणीले युक्रेनमा भइरहेको भयानक युद्धको अन्त्य र सिङ्गो मानव जगतकाे रक्षाका लागि दीप प्रज्ज्वलन तथा शान्ति पाठ गरेकाे लुम्बिनीका पर्यटन व्यवसायी लीलामणि शर्माले जानकारी दिए ।

उनीहरूले हत्या, हिंसा र युद्धको स्थिति संसारभरबाट सदाका लागि अन्त्य होस् भन्ने कामना गरेका थिए । उनीहरूले रुस र युक्रेनबीच उत्पन्न तनावले संसारभरिका नागरिक आक्रान्त भएको, अशान्ति छाएको र चिन्ता थपिएको भन्दै जारी युद्ध तत्काल अन्त्य गरी वार्ता र संवाद थाल्न आग्रह गरे । (रासस)

 

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ११ : २४ बजे

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु

को हुन करोडौँलाई हँसाउने ‘लाफिङ ब्वाई’ ?

सामाजिक सञ्जाल चलाउने क्रममा तपाईंको स्क्रिनमा एउटा यस्तो अनुहार पक्कै

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा