नेपाल-कुवेतबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न  « Khabarhub

नेपाल-कुवेतबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न 



दोहा – नेपाल-कुवेतबीच कूटनीतिक सम्बन्ध स्थापनाको भएको ५०औँ वार्षिकोत्सवको सन्दर्भमा नेपाली दूतावास, कुवेतले स्थानीय नेपाली समुदाय समेतको सहयोगमा कुवेतको सेन्ट्रल ब्लड बैंक, जाब्रियामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

कुवेतको लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारी तथा कुवेत सरकार स्वास्थ्य र परराष्ट्र मन्त्रालयका सहभागि अतिथिहरूले संयुक्त रूपमा रिवन काटी कार्यक्रमको उद्घाटन गरेका थिए ।

उद्घाटन समारोहलाई संवोधन गर्दै राजदूत भण्डारीले सन् १९७२ मा नेपाल र कुवेतबीच कूटनीतिक सम्बन्ध स्थापना भएपश्चात दुई देशबीच आपसी मित्रता र सहयोगका क्षेत्रमा भएको विकासबारे उल्लेख गरेका थिए ।

रक्तदानमा कुवेतमा रहेका नेपाली समुदाय स्वतःस्फूर्त रूपमा सहभागी भएका थिए ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ७ : ३० बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित