सर्लाहीमा झडप, प्रतिनिधिसभाका सांसद् साह घाइते « Khabarhub

सर्लाहीमा झडप, प्रतिनिधिसभाका सांसद् साह घाइते


१२ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– सर्लाहीको ईश्वरपुरमा भएको झडपमा जनता समाजवादी पार्टीका प्रमुख सचेतक तथा सांसद् प्रमोद साह घाइते भएका छन् ।

शनिबार ईश्वरपुर नगरपालिका वडा नम्बर ६ मा सडक विस्तारको विषयलाई विवाद उत्पन्न हुँदा झडप भएको हो । टाउकोमा चोट लागेको सांसद् साहको प्राथमिक उपचार गरी थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।

केही दिनअघि सडक विस्तारका क्रममा फुलजोर युवा क्लबको भवन भत्काइएको थियो । क्लबले भवन त्यही बनाउनुपर्ने माग गरेको थियो भने सांसद् साहले अर्को ठाउँमा भवन बनाउनुपर्ने अडान लिएपछि झडपको स्थिति उत्पन्न भएको हो ।

यसैबीच, जसपाले विज्ञप्ति जारी घटनाप्रति आपत्ति जनाएको छ । नेकपा एमालेका नेता तथा कार्यकर्ताले सांसद्माथि सांघातिक हमला गरी घाइते बनाएको आरोप जसपाले लगाएको छ ।

साहमाथि सुनियोजित ढंगबाट आक्रमण गरी दर्जनौँ कार्यकर्ता घाइते हुने गरी घटना गराइएको भन्दै उसले भर्त्सना गरेको छ ।

साथै, यस्ता घृणित र आपराधिक कृयाकलाप बन्द नगरे यसबाट उत्पन्न हुने परिणामको जिम्मेवार स्वयं नेकपा एमाले हुने विज्ञप्तिमा भनिएको छ । जसपाले दोषीमाथि अविलम्ब कडाभन्दा कडा कारबाही गर्न तथा शान्ति सुरक्षाको प्रत्याभूति हुने गरी काम गर्न सरकारसँग मागसमेत गरेको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ३ : ०४ बजे

कहाँकहाँ स्थापना भए काठमाडौंका निर्वाचन कार्यालय ?

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

देउवाको क्षेत्र डडेलधुराबाट कांग्रेसको उम्मेदवार बने नैनसिंह महर

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनाव नलड्ने भएपछि

कास्कीमा निर्वाचन लक्षित सुरक्षा रणनीति तय

कास्की– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ

उम्मेदवारी दर्ता अघि ओलीले भने- आजैबाट हराएका सपना जगाउन सुरु गरौँ

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी मनोनयनको

समानुपातिकतर्फ एक करोड दुई लाख बढी मतपत्र छपाइ

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि