१६ हजार रुसी सैनिक मारिएको युक्रेनी दाबी « Khabarhub

१६ हजार रुसी सैनिक मारिएको युक्रेनी दाबी


१२ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १६ हजार भन्दा धेरै आक्रमणकारी रुसी सैनिक मारिएको युक्रेनले दाबी गरेको छ । युक्रेनी सेनाले फेसबुकमार्फत् जानकारी दिँदै एक महिनायता जारी आक्रमणका क्रममा १६ हजार ४ सय रुसी सैनिक मारिएको दाबी गरेको हो ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि आफ्नो नियमित भिडियो सन्देशका क्रममा १६ हजार रुसी सैनिक मारिएको जानकारी दिएका थिए ।

त्यस्तै, युक्रेनी सेनाले रुसी फौजको ५७५ ट्यांक, १६४० बख्तरबन्द गाडी, २९३ आर्टिलरी पिस, ९१ मल्टिपल लन्च रकेट सिस्टम (एमएलआरएस), ५१ विमान भेदी प्रणाली, ११७ लडाकु विमान ध्वस्त पारेको दाबी गरेको छ ।

त्यसैगरी रुसी फौजका १२७ हेलिकोप्टर, ५६ चालकरहित हवाई उपकरण (ड्रोन), ११ सय ३१ सैनिक वाहन ७३ इन्धन ट्यांकर पनि ध्वस्त पारेको युक्रेनी सेनाको दाबी छ ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ३ : १३ बजे

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६