देउवाले भने – एमाले र माओवादी फेरि मिलेर चुनावमा गए भने के हुन्छ ? « Khabarhub

देउवाले भने – एमाले र माओवादी फेरि मिलेर चुनावमा गए भने के हुन्छ ?


१२ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमाले र नेकपा माओवादी केन्द्र निर्वाचनमा मिलिदिए के गर्ने ? भनेर प्रश्न गरेका छन् ।

पाँच दलीय गठबन्धन कायमै गरेर जानु पर्ने अडान राख्दै आएको बेला पार्टी भित्रबाटै गठबन्धन नगर्न दबाब बढिरहेका बेला सभापति देउवाले गठबन्धनका विपक्षीहरूलाई यस्तो प्रश्न गरेका हुन् ।

बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको १४औँ वार्षिक साधारण सभालाई शनिबार सम्बोधन गर्दै उनले सभापतिको जिम्मेवारी सबै नेतालाई जिताउनु पर्ने भएकाले सो जिम्मेवारी बहन गर्न गठबन्धन गर्न खोजेको बताए ।

‘पार्टी सभापतिको हैसियत त पार्टीले जितोस्, नेताहरू सबैले जितुन् भन्ने नै रहन्छ, त्यसका लागि जे पनि लागि पर्ने हुन जान्छ,’ देउवाले भने, ‘निर्वाचनमा एमाले र माओवादी फेरि मिलेर चुनावमा गए भने के हुन्छ ? फेरि पार्टीलाई हराउने ?’ विगतमा कांग्रेस पार्टीले पराजय भोग्नु परेको उल्लेख गर्दै देउवाले पार्टी र पार्टीका नेतालाई जिताउनका लागि आफूले गठबन्धन गर्न खोजेको तर्क गरेका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ३ : ५० बजे

कहाँकहाँ स्थापना भए काठमाडौंका निर्वाचन कार्यालय ?

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

देउवाको क्षेत्र डडेलधुराबाट कांग्रेसको उम्मेदवार बने नैनसिंह महर

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनाव नलड्ने भएपछि

कास्कीमा निर्वाचन लक्षित सुरक्षा रणनीति तय

कास्की– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ

उम्मेदवारी दर्ता अघि ओलीले भने- आजैबाट हराएका सपना जगाउन सुरु गरौँ

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी मनोनयनको

समानुपातिकतर्फ एक करोड दुई लाख बढी मतपत्र छपाइ

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि