मन्त्री पौडेलद्वारा ढोरपाटन–साल्झन्डी सडकको अनुगमन « Khabarhub

मन्त्री पौडेलद्वारा ढोरपाटन–साल्झन्डी सडकको अनुगमन


१२ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाग्लुङ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बागलुङको ढोरपाटनदेखि साल्झन्डी जोड्ने सडकको अनुगमन गरेका छन् ।

शुक्रबार मन्त्री पौडेलले ढोरपाटन साल्झन्डी रगादीखोला ढोरपाटन जोड्ने सडकको अनुगमन गरेका हुन् ।

अनुगमनका क्रममा मन्त्री पौडेलले समयमै सडकको काम सक्न ठेकेदार कम्पनीलाई निर्देशन दिए ।

‘सडकको काम कुनै हालतमा नरोकियोस्,’ मन्त्री पौडेलले भने, ‘प्रभावित स्थानीयलाई मुआब्जा दिए सहमतिमै काम अघि बढानुहोला ।’

मन्त्री पौडेलले कुनै समस्या भए समाधान गर्न आफू तयार भएको भन्दै ढोरपाटन साल्झन्डी सडकको काम तीव्र रूपमा अघि बढाउन निर्देशन दिए ।

यस वर्ष ढोरपाटन साल्झन्डी सडकका लागि भौतिक पूर्वाधार मन्त्रालयले ४४ करोड रुकम विनियोजन गरी श्रेष्ठ गलवा क्यारवान कम्पनीले सडक चौडा बनाउने काम गरिरहेको छ ।

यस्तै, गादी खोलादेखि ढोरपाटन जोड्ने सडकको १० किलोमिटर नाली बनाउने काम सकिएर माटो बिच्छाउने काम भइरहेको लामा कन्स्ट्रक्सन प्रालिका सञ्चालक सोमनाथ थकालीले जानकारी दिए ।

‘हामीले काम तीव्र रूपमा गरिरहेका छौँ,’ सोमनाथ थकालीले भन्नुभयो, ‘असार मसान्तसम्म ५ किलोमिटर सडक पक्की गरिसक्छौँ, असोजसम्म १० किलोमिटर सडकको काम सकेर हस्तान्तरण गछौँ ।’ १० किलोमिटर सडक कालोपत्रे गर्न गण्डकी प्रदेश सरकारले ४० करोड रकम विनियोजन गरेको छ । सोही सडकको जिम्मा लामा कन्स्ट्रक्सन प्रालिले लिएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ५ : १५ बजे

कहाँकहाँ स्थापना भए काठमाडौंका निर्वाचन कार्यालय ?

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

देउवाको क्षेत्र डडेलधुराबाट कांग्रेसको उम्मेदवार बने नैनसिंह महर

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनाव नलड्ने भएपछि

कास्कीमा निर्वाचन लक्षित सुरक्षा रणनीति तय

कास्की– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ

उम्मेदवारी दर्ता अघि ओलीले भने- आजैबाट हराएका सपना जगाउन सुरु गरौँ

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी मनोनयनको

समानुपातिकतर्फ एक करोड दुई लाख बढी मतपत्र छपाइ

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि