युक्रेन आक्रमणलगत्तै रुसले युरोपेली भू उपग्रहमाथि साइबर हमला गरेको खुलासा « Khabarhub

युक्रेन आक्रमणलगत्तै रुसले युरोपेली भू उपग्रहमाथि साइबर हमला गरेको खुलासा


१२ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनमाथि आक्रमण थालेलगत्तै रुसले युरोपेली भू उपग्रह सञ्जाललाई निशाना बनाएर साइबर हमला गरेको खुलासा भएको छ । अमेरिकी साइबर सुरक्षा अधिकारीले वाशिंटन पोष्टलाई बताएअनुसार रुसी आक्रमणकै दिन फेब्रुअरी २४ मा रुसी साइबर सेनाले इन्टरनेट प्रदायक युरोपेली भू उपग्रह सञ्जाल केए–स्याट माथि साइबर हमला गरेका थिए ।

अमेरिकी भू उपग्रह सञ्चार कम्पनी भायस्याटको स्वामित्वमा रहेको ‘केए स्याट’ माथिको साइबर हमलाका कारण युक्रेनी सैनिक सञ्चार नै अवरुद्ध हुन पुगेको थियो ।

यसको केही दिनपछि भायस्याटले ‘साइबर घटना’ का कारण यस्तो भएको बताएपनि यसबारे विस्तृत विवरण भने दिएको थिएन ।

यसबाट पर्न गएको असरबारे युक्रेनी सेनाका तर्फबाट पनि केही विवरण आएको छैन । यसबारे अमेरिकी सुरक्षा अधिकारीले युक्रेनी गुप्तचर निकायसँग मिलेर अनुसन्धान गरिरहेको भएपनि कुनै निष्कर्ष निकालेको छैन ।

यद्यपि गोप्य श्रोतलाई उद्धृत गर्दै पोष्टले जनाएअनुसार उक्त अनुसन्धानले घटनामा रुसी साइबर सेनाकै हात रहेको देखाएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ६ : ५४ बजे

कास्की-२ मा रास्वपाका पौडेल विजयी

गण्डकी- प्रतिनिधिसभा सदस्यका निर्वाचनमा कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय

रास्वपाको आँधीले उडायो संसद्‍मा दोहोरिने प्रदीपको सपना

काठमाडौं- काठमाडौं क्षेत्र नम्बर–५ मा नेपाली कांग्रेसका उम्मेदवार, कांग्रेस महामन्त्री

काठमाडौँ-५ मा रास्वपाका पोखरेल विजयी

काठमाडौँ, २३ फागुन : काठमाडौँ क्षेत्र नं ५ मा प्रतिनिधिसभा

दैलेख-१ मा कांग्रेसकी बासना थापा विजयी

काठमाडौं- दैलेख क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यमा नेपाली

सुनसरी–१ मा हर्क साम्पाङको अग्रता

धरान (सुनसरी)- सुरुआतमा अग्रता लिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारलाई