युक्रेन आक्रमणलगत्तै रुसले युरोपेली भू उपग्रहमाथि साइबर हमला गरेको खुलासा « Khabarhub

युक्रेन आक्रमणलगत्तै रुसले युरोपेली भू उपग्रहमाथि साइबर हमला गरेको खुलासा


१२ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनमाथि आक्रमण थालेलगत्तै रुसले युरोपेली भू उपग्रह सञ्जाललाई निशाना बनाएर साइबर हमला गरेको खुलासा भएको छ । अमेरिकी साइबर सुरक्षा अधिकारीले वाशिंटन पोष्टलाई बताएअनुसार रुसी आक्रमणकै दिन फेब्रुअरी २४ मा रुसी साइबर सेनाले इन्टरनेट प्रदायक युरोपेली भू उपग्रह सञ्जाल केए–स्याट माथि साइबर हमला गरेका थिए ।

अमेरिकी भू उपग्रह सञ्चार कम्पनी भायस्याटको स्वामित्वमा रहेको ‘केए स्याट’ माथिको साइबर हमलाका कारण युक्रेनी सैनिक सञ्चार नै अवरुद्ध हुन पुगेको थियो ।

यसको केही दिनपछि भायस्याटले ‘साइबर घटना’ का कारण यस्तो भएको बताएपनि यसबारे विस्तृत विवरण भने दिएको थिएन ।

यसबाट पर्न गएको असरबारे युक्रेनी सेनाका तर्फबाट पनि केही विवरण आएको छैन । यसबारे अमेरिकी सुरक्षा अधिकारीले युक्रेनी गुप्तचर निकायसँग मिलेर अनुसन्धान गरिरहेको भएपनि कुनै निष्कर्ष निकालेको छैन ।

यद्यपि गोप्य श्रोतलाई उद्धृत गर्दै पोष्टले जनाएअनुसार उक्त अनुसन्धानले घटनामा रुसी साइबर सेनाकै हात रहेको देखाएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ६ : ५४ बजे

पर्सामा १६७ मतदानस्थल कायम

पर्सा– जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते हुने

खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजीनामा

काठमाडौं – युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन्

दलित समुदायभित्रको अन्तरजातीय विभेद हटाउन ‘नमूना समूह’

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ५ मा दलित समुदाय सामाजिक परिवर्तनका

लुपस बाथले मिर्गौलादेखि मुटुसम्म असर गर्छ : डा.अरुणकुमार गुप्ता

पछिल्लो समय नसर्ने रोगको संक्रमण बढ्दो क्रममा रहेको छ ।

माघ १ का तीन फिल्मको व्यापार कमजोर बनेपछि ‘बिगुल’को प्रदर्शन रोकियो

काठमाडौं – माघे संक्रान्तिको बिदा उपभोग गर्न माघ १ बाट