मुख्यमन्त्री पोखरेलद्वारा मन्दिर र विद्यालयको नवनिर्मित भवनको उद्घाटन « Khabarhub

मुख्यमन्त्री पोखरेलद्वारा मन्दिर र विद्यालयको नवनिर्मित भवनको उद्घाटन


१२ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले तनहुँको म्याग्दे गाउँपालिका–३ किल्चोकमा पुनःनिर्माण सम्पन्न भएको अकलादेवी मन्दिरको आज उद्घाटन गरेका छन् ।

अकलादेवी मन्दिर व्यवस्थापन समितिले पुनःनिर्माण गरेको मन्दिरको उनले उद्घाटन गरेका हुन्। सोअवसरमा मुख्यमन्त्री पोखरेलले धार्मिक पर्यटनले गण्डकी प्रदेशको समृद्धिमा योगदान दिन सक्ने बताए । प्रदेशभित्र रहेका धार्मिकस्थलको प्रवद्र्धनका लागि प्रदेश सरकारले सहयोग गर्ने मुख्यमन्त्री पोखरेलले प्रतिबद्धता व्यक्त गरे ।

जगतगुरु शङ्कराचार्य, गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोबाटे विश्वकर्मा, गण्डकी प्रदेशसभा सदस्य आशा कोइराला लगायतले अकलादेवी मन्दिरको धार्मिक महत्वबारे प्रकाश पारे। सो अवसरमा मुख्यमन्त्री पोखरेलले मन्दिरमा पूजाअर्चना समेत गरे।

विसं २०७६ वैशाख १६ गतेदेखि पुनःनिर्माण थालिएको मन्दिरको काम हालै सम्पन्न भएको मन्दिर निर्माण समितिका अध्यक्ष रामभक्त घिमिरेले जानकारी दिए। रु ८० लाखको लागतमा मन्दिर निर्माण भएको छ । मन्दिरमा तामाको छानो राखिएको छ । छानो राख्नका लागि मात्रै रु १२ लाख भन्दा बढी खर्च भएको घिमिरेले बताए । यस ठाउँलाई धार्मिक पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्ने उद्देश्यसहित पूर्वाधार निर्माणको कामलाई पनि सुरु गरिएको छ । यहाँ शिवालय मन्दिर, मूल प्रवेशद्वार, वनभोजस्थल, हरित उद्यान, भजनकिर्तनको भवनका पूर्वाधार बनेका छन् ।

गण्डकी प्रदेश सरकार, म्याग्दे गाउँपालिका लगायतको सहयोगमा यहाँ पूर्वाधार निर्माणको काम गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राधिका पन्तले बताए । मन्दिरलाई धार्मिक पर्यटनको केन्द्र बनाउने उद्देश्यसहित गुरुयोजना बनाइएको र गुरुयोजना बमोजिम नै मन्दिरको पुनःनिर्माण गरिएको बताइएको छ । मन्दिर पुनःनिर्माणका लागि समितिले महायज्ञ गरेर रु एक करोड सङ्कलन गरेको थियो ।

मुख्यमन्त्री पोखरेलले आजै म्याग्दे–१ गुणादीस्थित महेन्द्र माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गरे। योङ लिभिङ फाउण्डेशनमा निर्माण सम्पनन दुई भवनको मुख्यमन्त्री उनले उद्घाटन गरेका हुन्।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ८ : २६ बजे

कीर्तिमानी प्रधानमन्त्री बनेर अस्ताएकी खालिदा

खालिदा जिया बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री र बंगलादेश नेशनलिस्ट पार्टीकी

शीतलहर प्रभावित क्षेत्रमा दाउरा वितरण

राजविराज– शीतलहरले जनजीवन प्रभावित हुन थालेपछि राजविराज नगरपालिकाले नगर क्षेत्रभित्र

कुलमान रास्वपामा विलय हुँदा पूर्वका पहिचानवादी बिलखबन्द

काठमाडौं- कुलमान घिसिङले उज्यालो नेपाल पार्टीलाई राष्ट्रिय स्वतन्त्र पार्टीमा विलय

सडक मर्मतमा ढिलाइ गरिए निर्माण व्यवसायीले ‘पेनाल्टी’ तिर्नुपर्ने हुन्छ : मन्त्री घिसिङ

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सडक मर्मत ढिलाइ

कर्णालीका तीन जिल्लामा ८६ वटा टेलिकमका टावर विस्तार

जुम्ला– ग्रामीण क्षेत्रमा टेलिफोन नेटवर्कको सुदृढीकरण र दुर्गम बस्तीमा सञ्चार