काँग्रेस, एमाले र माओवादी जिते पनि मुलुक बन्न सक्दैनः लिङ्देन « Khabarhub

काँग्रेस, एमाले र माओवादी जिते पनि मुलुक बन्न सक्दैनः लिङ्देन


१२ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले काँग्रेस, एमाले र माओवादीले निर्वाचन जिते पनि मुलुक बन्न नसक्ने बताएका छन् ।

शनिबार काठमाडौँमा भएको राप्रपा कार्यकर्ता भेलामा अध्यक्ष लिङ्देनले ठूला पार्टीले देशलाई बेरोजगार उत्पादन गर्ने कारखानामा परिणत गरेको र मुलुकका लागि केही गर्न नसकेको बताएका हुन् ।

उनले अब पनि उनीहरूले निर्वाचन जिते मुलुक बन्न नसक्ने दाबी गरे ।

अध्यक्ष लिङ्देनले असफल भएका दललाई भोट दिएर विजयी गराए मुलुक नै असफलतातर्फ जाने तर्क गरे ।

उनले तीनै तहको निर्वाचनमा सोचेर भोट दिन पनि सर्वसाधारणसँग आग्रह गरेका छन् ।

अध्यक्ष लिङ्देनले आफ्नो पार्टीले ५ वर्ष मात्रै देशको नेतृत्व पाए मुलुकको मुहार फेर्ने दाबीसमेत गरे । जनताले पनि निर्वाचनलाई मुलुकको हितका लागि प्रयोग गर्नुपर्ने उनको धारणा थियो । 

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ११ : ०२ बजे

झोलुङ्गे पुलले जोड्दैछ चन्द्रडाँगी–लालपानी

दमक– जिल्लाको शिवसताक्षी नगरपालिका–६ स्थित चन्द्रडाँगी बजार हुँदै कनकाई नदीपूर्वमा

समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२

गगनबाट ओली-प्रचण्डले पाठ सिक्छन् ?

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले बुधबार आफ्नो पदबाट राजीनामा

पाकिस्तानमा वर्षाका कारण १७ जनाको मृत्यु, ३० घाइते

एजेन्सी– पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा वर्षाका कारण  कम्तीमा १७

नेपाल टेलिकमले गर्‍यो ८९ कम्पनीसँग सम्झौता, प्रिपेड रोमिङ सेवा अब ६२ देशमा

काठमाडौं– नेपाल टेलिकमले उपलब्ध गराइरहेको प्रिपेड रोमिङ सुविधा अब ६२