रहेनन् टेलर हकिन्स « Khabarhub

रहेनन् टेलर हकिन्स


१२ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–  रक ब्याण्ड फू फाइटर्सका ड्रमर टेलर हकिन्सको ५० वर्षको उमेरमा निधन भएको छ ।

उनको मृत्युको कारणबारे नखुलाइएता पनि ब्याण्डले विज्ञप्ति जारी गर्दै दु:ख प्रकट गरेको छ ।

‘दु:खद र असामयामिक क्षति’ भएको ब्याण्डले विज्ञप्तिमा उल्लेख गरेको छ । ‘उनको सांगीतिक आत्मा र हाँसो हामी माँझ सदैव रहिरहने छ’ उल्लेख गरिएको छ ।

साथै, यस कठिन घडीमा हकिन्सको परिवारको गोपनीयताको सम्मान गर्न पनि विज्ञप्तिमा आग्रह गरिएको छ ।

फू फाइटर्सका संस्थापक र फ्रन्ट म्यान डेभ ग्रोहलपछि हकिन्स सम्भवतः समूहको सबैभन्दा प्रमुख सदस्य थिए । उनले फू फाइटर्सको भर्खरै रिलिज भएको डरलाग्दो कमेडी फिल्म ‘स्टुडियो 666′ मा पनि अभिनय गरेका छन् ।

सन् १९७२ मा फोर्ट वर्थ टेक्ससमा जन्मेका ओलिभर टेलर हकिन्स दक्षिणी क्यालिफोर्निया ब्याण्ड सिल्भियासँग पनि जोडिएका थिए ।

विलियम गोल्ड स्मिथले फू फाइटर्स छाडेपछि ग्रोहलको आग्रहमा टेलर ब्याण्डमा जोडिएका थिए । सन् १९९७ को मार्चमा ब्याण्ड फू फाइटर्सले टेलरलाई नयाँ ड्रमरको रुपमा घोषणा गरेको थियो । हकिन्सकी पत्नी एलिसन र तीन छोराछोरी छन् ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ११ : २७ बजे

मानव अधिकार तथा शान्ति समाजले गर्‍यो अमेरिकी राजदूतावास अगाडि प्रदर्शनी  

काठमाडौं– हाल जारी अमेरिका/इजरायल र इरानबीचको युद्धले विश्व शान्ति नराम्ररी

भृकुटीमण्डपमा सुरु भयो फ्लोरा एक्स्पो (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा बिहीबारदेखि २७औँ फ्लोरा एक्स्पो सुरु भएको छ

इरान युद्धमा एक्लिँदै ट्रम्प : नाटो देशहरूले भने, ‘त्यो हाम्रो लडाइँ होइन’

तेहरान- इरानमा सर्वोच्च नेता अली खामेनेईसहित ४० भन्दा बढी अधिकारी

दुई सय पाँच गोही राप्तीमा छाडियो

चितवन– चितवन राष्टिय निकुञ्जमा हुर्काइएका घडियाल गोहीमध्ये २५० गोहीलाई राप्ती

ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु

कैलाली– यहाँको कैलारी गाउँपालिका–५ बजैपुरमा गएराति ट्रकले गोरुगाडालाई ठक्कर दिँदा