आरआरआर : कस्तो छ पहिलो दिनको व्यापार ? « Khabarhub

आरआरआर : कस्तो छ पहिलो दिनको व्यापार ?


१२ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अहिले चर्चामा छ फिल्म ‘आरआरआर’ । स्टोरी, फायर र वाटरको थिममा देखाइएको तीन ‘आरआरआर’ ले पहिलो दिनमा कति कमायो ? यो जिज्ञासा दर्शकलाई मात्र छैन, फिल्मकर्मीलाई पनि छ ।

भारतमा अझ पनि सय करोडको आँकडा छुनु दुर्लभ उपलब्धि मानिन्छ । किनकी अघिल्लो हप्ता रिलिज भएको फिल्म ‘बच्चन पाण्डे’ ले ५० करोडमै आफ्नो चित्त बुझाउनु परेको छ ।

तर शुक्रबार रिलिज भएको ‘आरआरआर’ले पहिलो दिन नै २ सय २३ करोड कमाइ गरेको छ । ‘आरआरआर’ निर्माताले सार्वजनिक गरेको तथ्यांकअनुसार भारतबाट १ सय ५६ करोड र विदेशबाट ६७ करोड कमाइ गरेको हो ।

उनीहरूले सार्वजनिक गरेको डेटाअनुसार आन्द्र प्रदेशमा ७५ करोड , निजाममा २७ करोड ५० लाख , कर्नाटकमा १४ करोड ५० लाख , तमिलनाडु १० करोड , केरलामा ४ करोड , नर्थ इन्डियामा २५ करोडको व्यापार गरेको छ ।

यस्तै फिल्मले संयुक्त राज्य अमेरिकामा ४२ करोड र अन्य देशहरूमा २५ करोडको व्यापार गरेको हो । पहिलो दिनमै फिल्मले गरेको यो कमाइ आफैमा रेकर्ड हो ।

पिरियड कथामा बनेको फिल्मले विश्वभर नै सानदार सुरुवात गर्दै पहिलो दिन नै फिल्म बक्स अफिसका धेरै रेकर्ड ब्रेक गरेको समाचार आइरहेका छन् ।

शनिबार यो फिल्मको कूल कमाइमा ४० प्रतिशतले उछाल आउने प्रक्षेपण गरिएको छ । नेपालममा पनि यो फिल्मले पहिलो दिन एक करोड माथिको ग्रस कलेक्सन गरिसकेको छ ।

यसले नेपालमा शुक्रबार र शनिवार गरेर तीन करोड माथिको ग्रस कलेक्सन गर्ने अनुमान गरिएको छ ।

‘बाहुबली’को सिरिजबाट राम्रै चर्चा कमाएका निर्देशक एसएस राजामौलीको नयाँ फिल्म ‘आरआरआर’ प्रतीक्षित थियो ।

बाहुबलीको सिरिजपछि निर्देशक राजामौलीबाट दर्शकले ‘नेक्स्ट लेभल’ को फिल्म अपेक्षा गरे । यो स्वाभाविक पनि हो । बाहुबलीको ह्याङ मेटाउन निर्देशक सफल भए कि भएनन् ? यो जिज्ञासा धेरैको देखिन्छ किनकि फिल्ममा निर्देशक राजामौली त छन् नै साथमा साउथ इन्डियन फिल्मका दुई स्टार जुनिएर एन्टीआर र राम चरण पनि भएकाले । पछिल्लो समय साउथमा एउटा हिरोलाई नै लिएर विशाल फिल्म बनाएको पाइन्छ ।

यद्यपि निर्देशक राजामौलीले दुई स्टारलाई एकसाथ पर्दामा ल्याए । जसका कारण फ्यान झनै उत्साहित बनेका छन्।

फिल्मले सन् १९२० को पृष्ठभूमिमा ब्रिटिसविरुद्ध लड्ने क्रान्तिकारीको कथा प्रस्तुत गर्छ । ब्रिटिशले एउटा गाउँ कब्जा गरेपछि गाउँले विद्रोही र ब्रिटिस राजमा सिपाही कसरी एक अर्काको साथी बन्छन् र ब्रिटिस विरुद्ध लड्छन् भन्ने फिल्मको मुख्य कथा हो ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ११ : ४१ बजे

पोखरामा एक सातादेखि सडकमै थुप्रियो फोहोर (तस्बिरहरू)

काठमाडौं– एक सातादेखि फोहोर नउठ्दा देशकै पर्यटकीय राजधानी पोखराका सडक

सरकारी बेवास्ताले स्वास्थ्य बीमा संकटमा, सेवा बन्द हुँदा बिरामी अलपत्र, निरिह कार्यकारीको राजीनामा

काठमाडौं- सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा पर्दै

सुनचाँदीको मूल्य निरन्तर उकालोतिर

काठमाडौं– स्थानीय बजारमा सुनचाँदीको मूल्य निरन्तर  वृद्धि भएको छ ।

कांग्रेसले कञ्चनपुर– ३ मा लेखकको सट्टा बोहरालाई दियो टिकट

काठमाडौं– नेपाली कांग्रेसले कञ्चनपुर–३ मा हरि बोहरालाई उम्मेदवार बनाएको छ

ओखलढुंगामा काग्रेसको उम्मेदवार फेरियो, खतिवडाको सट्टा लुइँटेललाई टिकट

काठमाडौं– नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्यका लागि ओखलढुंगामा कुमार लुइँटेललाई