पूजा र आकाश ‘सम्झना–बिर्सना’ लिएर पर्दामा « Khabarhub

पूजा र आकाश ‘सम्झना–बिर्सना’ लिएर पर्दामा


१२ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रेम कथानक फिल्म ‘सम्झना–बिर्सना’ आउँदो वर्ष अर्थात् २०७९ सालको जेठ ६ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

निमेष प्रधानको निर्देशनमा बनेको फिल्ममा पुजा शर्मा, आकाश श्रेष्ठ , सुनिल थापा , शिशिर राणा , छुल्ठिम गुरुङलगायतको अभिनय रहेको छ ।

सम्झना–बिर्सना’ ले पूजा–आकाशलाई एकपटक फेरि सँगै पर्दामा हेर्ने दर्शकको चाहना भने पूरा गर्ने भएको छ । कतिपयले ‘सम्झना–बिर्सना’ पूजा–आकाशको सम्बन्धसँग निकट रहेकोसमेत अनुमान गरेका छन् । फिल्ममा खास के छ ? त्यो भने निर्माण पक्षले खुलाउन चाहेको छैन ।

आदित्य प्रधान र रेविका प्रधान निर्माता रहेको फिल्मको नयाँ पोस्टरका सार्वजनिक गर्दै प्रदर्शन घोषणा गरिएको हो ।

नयाँ पोस्टरमा पूजा र आकाशलाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ । दार्जिलिङ, सिल्गुढी तथा सिक्कीमका रमणीय स्थानमा खिचिएको फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।

निर्देशक निमेषकै कथा, पटकथा रहेको फिल्मको संवाद लेखनमा उनलाई अभिनेता शिशिर राणाले सघाएका छन् । शिव ढकालले खिचेको फिल्मका गीतमा राजन इशान र सुदर्शन तामाङको संगीत अनि कमल राईको कोरियोग्राफी छ । आदित्य फिल्मस्को प्रस्तुति रहेको फिल्मको क्रिएटिभ हेड स्व.बिशारद बस्नेत हुन् ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ११ : ५४ बजे

उम्मेदवारी दर्ताका लागि झापा–५ पुगे बालेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह

शिक्षामन्त्री पुनले दिए राजीनामा

काठमाडौं– शिक्षा तथा विज्ञान प्रविधिमन्त्री मन्त्री महावीर पुनले पनि राजीनामा

कांग्रेसबाट एमालेमा गएका अबुलको टिकट खोसियो, सुनसरी–४ मा जगदीश कुशियत

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल

एमालेले अन्ततः पाल्पा–२ मा ठाकुर गैरेलाई दियो टिकट

काठमाडौं– नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

नेपालगन्ज–गुलरिया हुलाकी राजमार्ग : पेडारीमा निर्माणाधीन पुल अन्तिम चरणमा

बाँके– नेपालगन्ज–गुलरिया हुलाकी राजमार्गअन्तर्गत खजुरा गाउँपालिका–३ स्थित पेडारी नालामा निर्माणाधीन