आज मंगलबार गणेश भगवानको पूजा गर्नुहोस् | Khabarhub Khabarhub

आज मंगलबार गणेश भगवानको पूजा गर्नुहोस्


१३ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज मंगलबार। मंगलबार गणेश भगवानको बार हो। हुन त धार्मिक परम्पराअनुसार भगवान गणेशलाई सबै भन्दा उत्कृष्ट देवाको रुपमा पुज्ने चलन रहेको छ। हरेक व्यक्तिले पूजाआरधना गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूजा गर्ने चलन रहेको छ।

गणेश भगवानलाई सिद्धी दिने वीर भगवानको रुपमासमेत लिने भएकाले गणेश भगवानको नाममा व्रत बस्ने, मन्दिर धाउने गर्छन्। मंगलग्रहलाई समस्या निर्मानायकको रुपमा लिने भएकाले मंगलग्रहको खराब प्रभावलाई हटाउन मंगलबारको दिन भगवान गणेशको पूजा गर्ने गरिएको हो।

गणेश भगवानलाई कसरी खुसी बनाउने ?
विहान सबेरै उठेर स्नान गरेर चोखो कपडा लगाउने। त्यसपछि घरमा सम्भव भए घरमै पुजा गर्ने यदि छैन भने नजिकै रहेको गणेश मन्दिरमा गएर पुजा गर्ने। विशेष गरेर गणेशको पुजा गर्नलाई मंगलबार राम्रो मानिन्छ। त्यसकारण व्रत बसी विधिवत रुपमा पूजा गर्दा सोचेभन्दा राम्रो हुने मान्यता रहेको छ।

गणेश भगवानको पूजा गर्दा घ्यू अपर्ण गर्नु अत्यन्तै आवश्यक रहेको हुन्छ। यदि धनको लागि भगवान गणेशको व्रत बसेको हो भने गणेशलाई घ्यू अपर्ण गर्दा छिट्टै प्रसन्न हुने विश्वास रहेको छ। गुलियो खाने कुराहरुबाट प्रसन्न हुने भएकाले गणेश भगवानलाई सख्खरबाट बनेका गुलिया चिजहरु चढाउनुपर्छ।

त्यतिमात्रै हैन गणेशलाई खुसीबनाउने पुजागर्दा वस्त्र पनि चढाउनुपर्छ। यसरी विधिपूर्वक तरिकाले भगवान गणेशको पूजा गरे जीवनमा ठूलो सफलता हात पर्ने मान्यता रहेको छ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  ५ : ३९ बजे

आजदेखि चार उच्च अदालतमा श्रव्यदृश्यको माध्यमबाट सुनुवाइ प्रारम्भ

काठमाडौं- चार उच्च अदालतमा आजदेखि श्रव्यदृश्यको माध्यमबाट मुद्दाको सुनुवाइ प्रारम्भ

गौतम अडानी विश्वको २० औं धनीको सूचीमा फर्किए

काठमाडौं- भारतका प्रसिद्ध उद्योगपति एवम् अडानी समूहका अध्यक्ष गौतम अडानीको

राष्ट्रपतिद्वारा मोजाम्बिक र इटालीका लागि गैरआवासीय राजदूत नियुक्त

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले दुई जना राजदूतलाई गैरआवासीय राजदूतको जिम्मेवारी

नेकपा एसका बैतडी इन्चार्ज र जिल्ला अध्यक्ष एमालेमा फर्किए, टीका लगाएर ओलीले गरे स्वागत

काठमाडौं- नेकपा एकीकृत समाजवादीका बैतडी इन्चार्ज र जिल्ला अध्यक्षलगायत नेताहरु

राष्ट्रियसभाका अध्यक्ष र अष्ट्रेलियाली समकक्षीबीच भेटवार्ता

क्यानबेरा- राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफ्ना अष्ट्रेलियाली समकक्षी सी लिन्ससँग भेटवार्ता