युक्रेन संकट: मारिओपलमा युद्धविराम « Khabarhub

युक्रेन संकट: मारिओपलमा युद्धविराम


१३ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

मस्को- रुसले मारिओपोलको अजोभस्टल स्टिल कारखाना वरिपरि युद्धविरामको घोषणा गरेको छ। त्यहाँ फँसेका सर्वसाधारणलाई सहजै सुरक्षित क्षेत्रतर्फ जान सहयोगका लागि मारिओपोलमा युद्धविराम घोषणा गरिएको रुसी रक्षा मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार रुसी सेनाले एकतर्फी रूपमा सबै शत्रुताको अन्त्य गर्नेछन्। एकाइहरूलाई सुरक्षित दूरीमा हटाउनेछन् र मानिसहरूलाई बाहिर निकाल्ने सुनिश्चित गर्नेछन्। युक्रेनी पक्षले निकासी प्रक्रिया सुरु गर्न अजोभस्टलमा ‘सेतो झण्डा उठाएर’ तत्परताका लागि संकेत गर्नुपर्छ।

‘त्यसपछि सर्वसाधारणहरूलाई उनीहरूले छनौट गरेको दिशामा लगिनेछ’, मन्त्रालयले भनेको छ। मन्त्रालयका अनुसार हरेक ३० मिनेटमा ‘रेडियो च्यानलहरू मार्फत’ अजोभस्टल भित्रका व्यक्तिहरूलाई पठाइनेछ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत हप्ता रूसी सेनालाई स्टिल कारखानामा आक्रमण गर्नुको सट्टा सो क्षेत्र घेरेर बस्न आदेश दिएका थिए।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  ८ : ५१ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको