युक्रेन संकट: मारिओपलमा युद्धविराम « Khabarhub

युक्रेन संकट: मारिओपलमा युद्धविराम


१३ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

मस्को- रुसले मारिओपोलको अजोभस्टल स्टिल कारखाना वरिपरि युद्धविरामको घोषणा गरेको छ। त्यहाँ फँसेका सर्वसाधारणलाई सहजै सुरक्षित क्षेत्रतर्फ जान सहयोगका लागि मारिओपोलमा युद्धविराम घोषणा गरिएको रुसी रक्षा मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार रुसी सेनाले एकतर्फी रूपमा सबै शत्रुताको अन्त्य गर्नेछन्। एकाइहरूलाई सुरक्षित दूरीमा हटाउनेछन् र मानिसहरूलाई बाहिर निकाल्ने सुनिश्चित गर्नेछन्। युक्रेनी पक्षले निकासी प्रक्रिया सुरु गर्न अजोभस्टलमा ‘सेतो झण्डा उठाएर’ तत्परताका लागि संकेत गर्नुपर्छ।

‘त्यसपछि सर्वसाधारणहरूलाई उनीहरूले छनौट गरेको दिशामा लगिनेछ’, मन्त्रालयले भनेको छ। मन्त्रालयका अनुसार हरेक ३० मिनेटमा ‘रेडियो च्यानलहरू मार्फत’ अजोभस्टल भित्रका व्यक्तिहरूलाई पठाइनेछ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत हप्ता रूसी सेनालाई स्टिल कारखानामा आक्रमण गर्नुको सट्टा सो क्षेत्र घेरेर बस्न आदेश दिएका थिए।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  ८ : ५१ बजे

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले