फाइल फोटो

आर्थिक

सुनको मूल्य तोलामा ९०० ले घट्यो, चाँदीको स्थिर

By खबरहब

April 26, 2022

काठमाडौँ- सुनको भाउ मंगलबार तोलामा नौ सय रुपैयाँले घटेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९९ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन तोलाको एक लाख दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार तेजाबी सुनको भाउ तोलाको ९८ हजार आठ सय रुपैयाँ निर्धारण गरिएको छ । 

त्यस्तै चाँदीको भाउ भने स्थिर नै छ । सोमबार एक हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि एक हजार तीन सय ५० रुपैयाँमा किनबेच भइरहेको छ ।