नौ महिनामा २ अर्ब ८० करोडभन्दा बढीको जिउँदो खसी, मासु तथा माछाजन्य वस्तु नेपाल भित्रियो « Khabarhub

नौ महिनामा २ अर्ब ८० करोडभन्दा बढीको जिउँदो खसी, मासु तथा माछाजन्य वस्तु नेपाल भित्रियो


१३ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा विभिन्न देशबाट नेपालमा २ अर्ब ८० करोड १ लाख ७३ हजार रुपैयाँको खसी, मासु तथा माछाजन्य वस्तु नेपाल भित्रिएको छ ।

२०७८ साउनदेखि चैत मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको जिउँदो खसी, मासु तथा माछाजन्य वस्तु नेपालले आयात गरेको भन्सार विभागले जनाएको छ ।

विभागका अनुसार सो अवधिमा ४५ करोड २९ लाख ५९ हजार रुपैयाँको जिउँदो खसी नेपाल भित्रिएको छ । सो मूल्यमा ५० हजार ५८७ वटा खसी आयात गरिएको छ । सबै खसीहरु नेपालले भारतबाट आयात गरेको हो ।

पछिल्लो नौ महिनामा १३ लाख १२ हजार रुपैयाँको २२० वटा भेडा पनि नेपाल भित्रिएका छन् । सबै भेडाहरु नेपालले चीनबाट आयात गरेको हो ।

बितेका ९ महिनामा २ अर्ब ३४ करोड ५९ लाख १ हजार रुपैयाँको माछा र माछाजन्य वस्तु नेपालले आयात गरेको विभागको तथ्याङ्कले देखाउँछ ।

नेपालमा माछा र माछजन्य वस्तुहरु अष्ट्रेलिया, क्यानडा, फ्रान्स, हंगेरी, मलेसिया, थाइल्याण्ड, बेलायत, अमेरिका, युनाइटेड अरब इमिरेट्स, अष्ट्रेलिया, अष्ट्रिया, बंगलादेश, ब्राजिल, बुल्गेरिया, चेक रिपब्लिक, हङकङ, भारत, इटाली, जापान, दक्षिण कोरिया, कुवेत फिलिपिन्स, कतार लगायतका देशबाट भित्रिने गरेको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  १२ : ४८ बजे

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी

आफूमाथि छानबिन गर्न माग गर्दै खगेन्द्रले भने : दोषी ठहरिए जस्तोसुकै सजाय भोग्न तयार छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले आफूमाथि

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग नेपालका चीनका