मनोनयन दर्ता गर्नेको संख्या एक लाख ४४ हजार नाघ्यो « Khabarhub

स्थानीय तह निर्वाचन

मनोनयन दर्ता गर्नेको संख्या एक लाख ४४ हजार नाघ्यो


१३ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निर्वाचन आयोगले मनोनयन दर्ता गरेकाहरूको थप संख्या सार्वजनिक गरेको छ । आज मध्याह्न साढे १२ बजेसम्मको तथ्याङ्कअनुसार मनोनयन दर्ता गर्नेको संख्या एक लाख ४४ हजार ४१६ जना रहेका छन् । 

७५३ स्थानीय तहको प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र खुला सदस्य पदका लागि करिब चार गुणा बढी उम्मेदवारी परेको हो । 

सर्वाधिक मधेस प्रदेशमा ३७ हजार ३७७ जनाले मनोनयन दर्ता गरेको जनाएको छ । त्यसपछि बाग्मती प्रदेशमा २३ हजार ९२६ जना, लुम्बिनी प्रदेशमा २२ हजार ७६६ जना र प्रदेश १ मा २२ हजार ४७० जनाले मनोनयन दर्ता गराएका छन् । 

कर्णाली प्रदेशमा १३ हजार १२६ जना, गण्डकी प्रदेशमा १२ हजार ५४७ जना र सुदूरपश्चिम प्रदेशमा १२ हजार २०४ जनाले मनोनयन दर्ता गराएको आयोगले जनाएको छ। 

आइतबार र सोमबार देशभरका स्थानीय तहमा उम्मेदवारी दर्ता भएको थियो । 

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  १ : ११ बजे

पोखराले गुमायो तेस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ– गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि

पोखराविरुद्ध जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग

स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा समावेश

चितवन– भरतपुर महानगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई समावेश