चर्चामै सिमित ‘जनादेश’  « Khabarhub

चर्चामै सिमित ‘जनादेश’ 


१३ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अजय देवगण पछिल्लो समय एकपछि अर्को फिल्ममा व्यस्त छन् ।

 सिंघम स्टार अभिनेता विभिन्न क्याटेगोरीको फिल्म गरिरहेका छन् । बायोपिकसँगै सोसल इस्युको फिल्म गरिरहेका अजय ‘रन वे ३४’ को प्रमोशनमा व्यस्त छन् । दिल क्या करे, गंगाजल, अपहरण, राजनीति र सत्याग्रह जस्ता फिल्ममा अजयले काम गरेका अजयले पछिल्लो समय निर्देशक प्रकाश झासँग काम गरेका छैनन् । प्रकाशले केही समय अगाडि नै ‘अजय जनादेश’ बनाउने घोषणा गरेका थिए । नेपालमा समेत एक फिल्म फेस्टिभलमा सहभागी हुन आइपुगेका प्रकाशले आफूले नयाँ फिल्म ‘जनादेश’ बनाउन लागेको बताएका थिए । 

दामुल, परिणति, मृत्युदण्ड जस्ता फिल्म निर्देशक गरेर चर्चामा आइसकेका निर्देशक प्रकाश झासंग अजयले ‘दिल क्या करे’ मा पहिलो पटक सहकार्य गरेका थिए । त्यसपछि अजय र प्रकाशको यात्राले सत्याग्रहसम्म निरन्तरता पायो । केही समय यता यी दुईको बीचमा  राम्रो सम्बन्ध थिएनन् । खासगरी प्रकाशले गंगाजलको सिक्वेल बनाउँदा अजयलाई अभिनय गराउन खोजेका थिए तर अजयले कथा चित्त नबुझेको भन्दै अस्वीकार गरेपछि यी दुईको सम्बन्ध चिसिएको थियो । 

यद्यपि पछिल्लो समय प्रकाशले अजयसँग ‘जनादेश’ मा सहकार्य गर्न संकेत गरेका थिए । यद्यपि त्यसको सुरुवात अझै हुन सकेको छैन । विशेषत: निर्देशक झाले राजनीतिक परिवर्तनपछि समाज र व्यक्तिमा पर्ने असरमा फिल्म बनाउने गर्छन् । उनी अजयसँग  सहकार्य गर्न चाहन्छन् । तर, अजयले  समय नदिँदा जनादेशको काम  स्क्रिप्टमै रोकिएको छ  ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  २ : १० बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण