‘कठपुतली’ हेरेका बुटवलका धिरज थापाले जिते ‘आइफोन १२’ « Khabarhub

‘कठपुतली’ हेरेका बुटवलका धिरज थापाले जिते ‘आइफोन १२’


१३ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गत वर्षको पुष १६ गते प्रदर्शनमा आएको फिल्म ‘कठपुतली’ ले दर्शकलाई हलसम्म आकर्षित गर्नका लागि उपहार योजना अगाडि सारेको थियो । फिल्म हेर्नका लागि हलको काउन्टरबाट काटेको टिकटसँग सेल्फी खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्नेहरूमध्ये गोला प्रथाबाट एक जनालाई एप्पल कम्पनीको ‘आइफोन १२’ प्रदान गर्ने घोषणा गरिएको थियो । 

सोही घोषणा बमोजिम निर्माण टिमले ‘आइफोन १२’ जित्ने विजेताको नाम गोला प्रथाबाट छानेको छ । फिल्मको टिमले जारी गरेको सम्पूर्ण मापदण्ड पूरा गरेर टिकटसँग सेल्फी खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्नेमध्ये धिरज थापाले १ लाख ३० हजार मूल्यको ‘आइफोन १२’ जितेका छन् । मंगलबार फिल्मका अभिनेता कार्म शाक्यले गोला प्रथाबाट विजेताको नाम घोषणा गरेका हुन् । सेल्फी पोष्ट भएको फेसबुक अकाउन्टबाट थापा बुटवलको भएका र उनले त्यहाँको क्युएफएक्स हलमा फिल्म हेरेको बुझिएको छ ।

विजेता थापाले ७ जनवरीमा साथीहरु गएर बुटवलको हलमा ‘कठपुतली’ हेरेका थिए । उनले साथीहरुसहितको टिकटसँग सेल्फी खिचेर फेसबुकमा पोस्ट गरेका थिए । फिल्मकी कार्यकारी निर्मात्री तथा लेखक सम्पदा मल्लले विजेता थापासँग सम्पर्क गरेर उपहार हस्तान्तरण गर्ने बताइन् । उनले विजेता थापालाई उपहार ग्रहण गर्नका लागि आफूहरूसँग सम्पर्क गर्न पनि आग्रह गरेकी छन् ।

फिल्मको प्रिमियर र रिलिजमा नेपाल हुन नपाउँदा खल्लो महसुस भएको बताउँदै कार्मले फिल्मबाट मिलेको प्रतिक्रियाले उत्साहित भएको बताए । उनले भने, ‘म स्क्रिप्ट पढ्दा नै उत्साहित थिएँ । फिल्म हेरिसकेपछि झन् आशा जगायो । मलाई घिसिपिसी लभस्टोरी र फर्मुलाको फिल्म गर्नु छैन । म सधैँ फरक फिल्म गर्न चाहन्छु । भोलिका दिनमा पनि ‘कठपुतली’ जस्तो फिल्म गर्ने मन छ ।’

पृथ्वी राना मगरद्वारा निर्मित तथा भिमसेन लामा निर्देशित फिल्ममा मिथिला शर्मा, गौरी मल्ल, कर्मा, उषा रजक, शिल्पा मास्के, सुवर्ण थापा, ध्रुव कोइराला लगायतको अभिनय रहेको छ । जोएल फ्रूमले खिचेका फिल्मका निर्माता पृथ्वी रानामगर हुन भने सह निर्माताहरूमा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन् । हरर जनरामा बनेको फिल्मले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाएको थियो ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  ५ : ३० बजे

दुर्घटनामा परेका चालकसँग प्रहरीले पेस्तोल भेटेपछि…

काठमाडौं– सर्लाहीको कबिलासी नगरपालिका –०३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक

गाँजासहित ट्रक चालक र सहचालक प्रहरी नियन्त्रणमा

 विराटनगर– सुनसरीको इनरुवा नगरपालिका–३ सखुवागाछीबाट प्रहरीले लागूऔषध गाँजा बोकेको ट्रकसहित

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

काठमाडौं– कञ्चनपुरको बेदकोट नगरपालिका –०७ लालपुरमा मोटरसाइकल आफैँ अनियन्त्रित भई

व्यापार तनाव घटाउन ईयू–चीन वार्त

ब्रसेल्स– बढ्दो व्यापार असन्तुलन र औद्योगिक प्रतिस्पर्धाबीच (युरोपेली सङ्घ)ईयू र

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

काठमाडौँ- सरकारले अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीपछिको खोज तथा उद्धार कार्य हालका लागि