जर्मनीले युक्रेनलाई ‘गेपार्ड’ विमानभेदी प्रणाली आपूर्ति गर्ने « Khabarhub

जर्मनीले युक्रेनलाई ‘गेपार्ड’ विमानभेदी प्रणाली आपूर्ति गर्ने


१३ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जर्मनीले युक्रेनलाई ‘गेपार्ड’ विमानभेदी प्रणाली उपलब्ध गराउने भएको छ ।

सत्तारुढ गठबन्धनको उदारवादी फ्रि डेमोक्र्याट्स पार्टीका नेता योहान्नेस भोगलले सुडडोइच जेइतुङ अखबारलाई बताएअनुसार रक्षामन्त्री क्रिस्टिएन लाम्ब्रेख्टले साझेदारहरूसँग सल्लाह गरी यसबारे निर्णय गर्नेछिन् ।

भारी हतियार आपूर्ति नगरेको भनी जर्मनीभित्रै र अन्तर्राष्ट्रिय स्तरमा आलोचना खेपिरहेको जर्मनीले युक्रेनलाई विमानभेदी प्रणाली उपलब्ध गराउन लागेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

यसअघि जर्मन चान्सलर ओलाफ शोल्जले युक्रेनलाई विमानभेदीट्यांकभेदी प्रणाली सहयोग गर्ने बाचा गरेको रोयटर्सले जनाएको छ ।

उनले यस्ता हतियारहरु रक्षात्मक भएको भन्दै जर्मनीको सैनिक मौज्दातमा रहेका केही हतियार युक्रेनलाई दिन सकिने बताएका थिए ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  ६ : ०५ बजे

गणपुरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । गणपुरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ

एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका सुविधा उपलब्ध गराउने

काठमाडौं- एनसेलले एनसेल बिजनेस क्लाउड सुइट सेवा सुरु गरेको छ।

के देउवा पक्राउ पर्लान् ?

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलना

वर्षमानको प्रश्न- नेपाल ‘प्याक्स सिलिका’ को साझेदार हो ?

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वअर्थमन्त्री वर्षमान