‘इन्डियन पुलिस फोर्स’ मा जोडीए विवेक « Khabarhub

‘इन्डियन पुलिस फोर्स’ मा जोडीए विवेक


१३ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हलिउडझै बलिउडमा पनि सिनेम्याटिक युनिभर्स बनाउने तयारीका साथ निर्देशक रोहित शेट्टीले ‘कप युनिभर्स’ तयार गरेका छन् ।

 ‘सिंघम’ बाट पुलिसको कथालाई फिल्ममा देखाइरहेका रोहितले त्यसलाई सिम्बासूर्यवंशीसम्म पुर्‍याइसकेका छन् । पुलिसकै कथामा तीनवटा फिल्मलाई दर्शकमाझ ल्याइरहेका रोहितले बलिउड फिल्ममा ‘कप युनिभर्स’ तयार गरिसकेका छन् ।

अब उनले हलिउड शैलीमा कप युनिभर्सलाई सानो पर्दामा समेत जोड्नेछन् । अमेजन प्राइम भिडियोसँगको सहकार्यमा रोहित शेट्टी पिक्चर्जले  ‘इन्डियन पुलिस फोर्स’ नामक वेब सिरिज तयार गरिरहेका छन् । ठुलो पर्दामा देख्दै आइरहेको एक्सनलाई सिरिजमा ल्याउन लागेका रोहितले यसमा सिद्धार्थ मलहोत्रा र शिल्पा शेट्टीसंगै विवेक ओबरायलाई समेत कास्ट गरेका छन् । 

विवेकले पनि फिल्ममा अफिसरकै भूमिका निर्वाह गर्नेछन् । उनले आफू सिरिजसँग जोडिन पाउँदा निकै उत्साहित रहेको बताएका छन् । ‘ मलाई प्राप्त रोलको लागि विश्वास गर्नु भएकोमा आभारी छु । सुपरकपको रुपमा कप युनिभर्समा जोडिएको छु’ विवेकले सामाजिक सञ्जाल मार्फत खुशी व्यक्त गरेका छन् । सिरिजलाई दर्शकको राम्रो साथ पाएमा रोहितले यसलाई ठुलो पर्दामा समेत इन्ट्री गराउनेछन् ।

पछिल्लो समय मार्भल स्टुडियोले आफ्नो नयाँ सुपर हिरोहरुलाई सिरिजको माध्यमले दर्शकसम्म ल्याइरहेको छ। वान्डा एण्ड भिजन, फाल्कन एण्ड विन्टर सोल्जर, लोकीको कथालाई दर्शकसम्म पुर्‍याएको मार्भलले अहिले  ‘मुननाइट’ मार्फत नयाँ सुपरहिरोलाई दर्शकसम्म ल्याईरहेको छ । 

यही शैलीमा रोहितले पनि कप युनिभर्सलाई सिरिजमा ल्याएका छन् । सिद्धार्थ अभिनीत पछिल्लो फिल्म शेरशाह हिट भएपछि उनलाई पुलिसको भूमिका अफर भइरहेका छन् । प्रहरीको लुकेको वीरताको कथालाई रोहितले सिरिज मार्फत प्रस्तुत गर्नेछन् ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  ६ : २२ बजे

क्यानडाविरुद्ध अफगानिस्तानको फराकिलो जित, मोहम्मद नाबीले लिए चार विकेट

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’को खेलमा

जुम्ला जिप दुर्घटनामा घाइते भएका निर्वाचन प्रहरीको हेलिकोप्टरबाट उद्धार

जुम्ला – जुम्लाको तातोपानी गाउँपालिका–६ धौलापानीमा आज जिप दुर्घटनामा परी

हाम्रो सरकार नढालेको भए जेनजी आन्दोलन नै हुने थिएन : नारायणकाजी

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठले कांग्रेस र

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना सकियो

चितवन – चितवन र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणना

चुनाव बिथोल्ने गतिविधि गरेको आरोपमा वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य पक्राउ

काठमाडौँ- आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य पक्राउ परेका