‘देशमा मेडिकल शिक्षा पढ्ने विद्यार्थीको आकर्षण बढ्दो छ’ : मन्त्री पौडेल « Khabarhub

‘देशमा मेडिकल शिक्षा पढ्ने विद्यार्थीको आकर्षण बढ्दो छ’ : मन्त्री पौडेल


१३ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मेडिकल साइन्सको पढाइ नेपालमै व्यवस्थित र स्तरीय बनाउने विषयमा शिक्षा मन्त्रालयले छलफल चलाएको छ ।

 मंगलबार चिकित्सा शिक्षा, त्रिभुवन शिक्षण अस्पताल, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, संस्कृत विश्वविद्यालयलगायतका पदाधिकारीसँगको छलफलमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले मेडिकल साइन्सको पढाई नेपालमै व्यवस्थित र स्तरीय बनाउने विषयमा छलफल गरेका हुन् । 

No description available.

मेडिकल शिक्षा आर्जनका लागि वर्षेनी ९८ अर्ब रुपैयाँ रकम देश बाहिर गइरहेको बताउँदै नेपालमै व्यवस्थित र स्तरीय बनाउनुपर्नेमा मन्त्री पौडेलले जोड दिए । 

‘देशमा मेडिकल शिक्षा पढ्ने विद्यार्थीको आकर्षण बढ्दो छ’, मन्त्री पौडेलले भने, ‘देश बाहिर पढ्न गएकाहरू नेपालमा आएर परीक्षा दिई डाक्टर बनिरहेका छन् । उनीहरूलाई नेपालमै पढ्ने र परीक्षा दिने व्यवस्था गरौँ ।’  

No description available.

देशमा पढ्ने व्यवस्था मिलाएर शिक्षा प्राप्तिका लागि बाहिरिने रकम नेपालमै रहनेमा उनको जोड रहेको छ । मन्त्री पौडेलले कागजमा दक्ष जनशक्ति पर्याप्त देखिए पनि फिल्डमा नभएको गुनासो गरे ।

‘अवसरमा प्रतिस्पर्धा गर्ने दायर बढाइ क्वालिटीको शिक्षामा ध्यान दियौं भने मात्रै उत्पादित जनशक्ति बेरोजगार बस्नुपर्दैन’ मन्त्री पौडेलले भने । ‘शिक्षालाई नियमन गरौँ भन्दा हामी खुम्चिएका छौँ मन्त्री पौडेलले भने,‘ केही ऐन र कानुनको जटिलताले गर्दा सीमित बाहेकले देशमा पढ्न पाउने अवसर गुमाइरहेका छन् ।’

No description available.

छलफलमा मेडिकल क्षेत्रमा बजेट कम हुँदा धेरै समस्या आएको बताउँदै बजेट बढाउन मन्त्रीलाई आग्रह गरेका थिए । 

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  ६ : १७ बजे

इस्लामावादमा अमेरिका र इरानबीच उच्च तहको वार्ता जारी

काठमाडौं – इस्लामावादमा इरान र संयुक्त राज्य अमेरिका बीच जारी

कोहलपुरमा टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

नेपालगञ्ज – बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर

आईपीएल : पञ्जाब किङ्सको उत्कृष्ट जित, हैदरावाद ६ विकेटले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को जारी सिजनमा पञ्जाब

इरानले भन्यो : इजरायलको हितलाई प्राथमिकता दिन सकिँदैन

तेहरान – इरानका प्रथम उपराष्ट्रपति मोहम्मद रेजा आरेफले पाकिस्तानमा हुन

मुक्तिनाथ क्षेत्रमा ६८४ दर्शनार्थीको स्वास्थ्य परीक्षण

मुस्ताङ – यहाँको बारागुङ मुक्ति क्षेत्र–१ मुक्तिनाथस्थित पर्वतीय ‘हाइअल्टिच्युड स्वास्थ्य