जनतासँग गरेका प्रतिवद्धता पुरा गर्छु :  सिर्जना सिंह « Khabarhub

जनतासँग गरेका प्रतिवद्धता पुरा गर्छु :  सिर्जना सिंह


१३ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनकी साझा उम्मेदवार सिर्जना सिंहले जनतासँग गरेका प्रतिवद्धता पुरा गर्ने बताएकी छिन्। 

मंगलबार आफ्नै निवास चाक्सीबारीमा आयोजित कार्यक्रममा सिंहले पार्टीले सार्वजनिक गरेको घोषणापत्र र आफूले सारेका योजनाहरूलाई पुरा गर्ने प्रतिवद्धता जनाएकी हुन्। उनले राजधानी काठमाडौँलाई सबैको साझा शहर र सुरक्षित शहर बनाउने दाबी गरिन् । महिलाले राम्रोसँग घर चलाएसँगै काठमाडौँ महानगरलाई सफा सुग्घर तवरले चलाएर देखाउने उनको भनाइ छ। 

त्यस्तै कांग्रेस नेतृ एवं प्रधानमन्त्री पत्नी आरजु राणा देउवाले महिला नेतृत्वबाट नै अब महानगरको मुहार फेर्न सकिने भन्दै सिर्जना सिंहलाई जिताउन आह्वान गरिन् । उनले मुलुकको परिवर्तनमा महिलाहरूले धेरै योगदान गरेको भन्दै अव पदमा रहेर देशका सेवा गर्ने समय आएको धारणा राखिन् ।

त्यस्तै काठमाडौँ महानगरकी उपमेयर हरिप्रभा खड्गीले काठमाडौँ महानगरमा विकासका धेरै काम अघि बढेको भन्दै यसलाई निरन्तरता दिन सिर्जना सिंहलाई विजयी गराउनुपर्ने बताइन्। उनले काठमाडौँलाई सांस्कृतिक शहरको रुपमा अघि बढाउनुपर्ने बताइन्।

त्यस्तै कार्यक्रममा अन्य महिला नेतृ, महिला समाजसेवी लगायतले सिंहलाई शुभकामना दिएका थिए ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  ६ : ३८ बजे

ट्रम्प र कोलम्बियाका समकक्षीबीच ह्वाइट हाउसमा वार्ता हुने तय

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विवादास्पद मुद्दाहरूमा छलफल गर्न दुई

असन्तुष्ट समूहलाई वार्तामा आउन प्रतिष्ठानको आव्हान

काठमाडौं–  भ्रष्टाचारको आरोप लगाउँदै सामाजिक सञ्जाल र प्रतिष्ठानको गेट अगाडि

कारागारका कैदीबन्दी फरार हुँदा सुरक्षा चुनौती बढ्दै

बैतडी– बैतडी कारागारबाट भागेका एक जना कैदीबन्दी अझै फरार रहेका छन्

नवलपुरमा दुई लाख ६८ हजार मतदाता कायम

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा दुई लाख ६८ हजार ५२६

श्रम मन्त्रालयद्वारा ‘इपीएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय

काठमाडौं– सरकारले दक्षिण कोरिया जाने प्रयोजनका लागि रोजगार अनुमति प्रणाली (इपीएस)