चीनमा ५ वर्षको जेल सजाय पाएर ताइवानी अभियन्ता स्वदेश फर्के « Khabarhub

चीनमा ५ वर्षको जेल सजाय पाएर ताइवानी अभियन्ता स्वदेश फर्के


१३ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनमा जेल परेका एकजना ताइवानी अभियन्ता स्वदेश फर्केका छन् । सन् २०१७ मा ५ वर्षको कारावासको सजाय पाएका ताइवानी अभियन्ता ली मिङ चे सजाय कटाएर स्वदेश फर्केका हुन् ।

उनलाई सन् २०१७ मा राज्य शक्तिलाई कमजोर तुल्याउने प्रयास गरेको आरोपमा कारावासको सजाय सुनाइएको थियो ।

सन् २०१६ मा विदेशी एवम् गैर सरकारी संस्थाहरुलाई नियन्त्रण गर्नका लागि चीनले जारी गरेको कानूनअनुसार पक्राउ पर्ने गैर नाफामूलक संस्थाका उनी प्रथम व्यक्ति रहेको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ ।

उनले चीनमा ताइवानको लोकतान्त्रीकरणबारे अनलाइनमा वक्तव्यहरु दिँदै आएका थिए । पछिल्लो ५ वर्ष उनलाई मध्य चीनको हुनान प्रान्तको कारागारमा राखिएको जनाइएको छ ।

उनी दक्षिणी शहर सियामेनबाट ताइवानका लागि प्रस्थान गरेको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ ।

चीनले ताइवानलाई आफ्नै मुलुकका एक हिस्सा मान्दै आएको छ भने ताइवानी नागरिकलाई पनि चिनियाँ नागरिकसरह विशेष परिचय पत्र दिने गरेको बताइएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  ७ : १७ बजे

पाथीभराबाट तीन महिनामा ३३ लाख बढी सङ्कलन

ताप्लेजुङ – यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा