अफिम उत्पादनमा प्रतिबन्ध लगाए अफगानिस्तानको अर्थतन्त्रमा नकारात्मक असर पर्ने « Khabarhub

अफिम उत्पादनमा प्रतिबन्ध लगाए अफगानिस्तानको अर्थतन्त्रमा नकारात्मक असर पर्ने


१३ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अफिम उत्पादनमा प्रतिबन्ध लगाएको खण्डमा अफगानिस्तानको अर्थतन्त्रमा नकारात्मक असर पर्ने प्रतिवेदन सार्वजनिक भएको छ । अफगानिस्तान एनालिस्ट नेटवर्क नामक संस्थाले यस्तो प्रतिवेदन सार्वजनिक गरेको हो ।

अफगानिस्तानको शासन चलाइरहेको तालिबानले अफिम उत्पादनमा प्रतिबन्ध लगाएको खण्डमा अफगानिस्तानको अर्थतन्त्रमा ‘अत्यन्त ठूलो धक्का’ लाग्ने यस संस्थाको प्रतिवेदनमा उल्लेख छ ।

अफगानिस्तानले गत वर्षको अगष्ट महिनामा तालिबानले सत्ता कब्जा गरेयता विदेशी श्रोत गुमाएको अफगानिस्तानबाट प्रसारण हुने टोलो टेलिभिजन च्यानलले जनाएको छ ।

अफिम उद्योग अफगान अर्थतन्त्रको प्राथमिक श्रोत रहेको बताइन्छ । संयुक्त राष्ट्रसंघीय लागूऔषध तथा अपराध कार्यालयको सन् २०२० को पछिल्लो तथ्यांकअनुसार अफगानिस्तानले विश्वमा ८० प्रतिशत अफिम आपूर्ति गर्दै आएको छ ।

अफिम, हेरोइन, मोर्फिनजस्ता अवैध लागूऔषधको उत्पादनले ‘अफगानिस्तानको सबैभन्दा ठूलो अवैध आर्थिक गतिविधि’ मा योगदान दिइरहेको उक्त कार्यालयले जनाएको छ ।

यसअघि सन् २००० मा सत्तामा रहँदा पनि तालिबानले अफिम उत्पादनमाथि प्रतिबन्ध लगाएको थियो ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  ७ : २८ बजे

अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशन शनिबार धादिङबेँसीमा हुँदै

धादिङ– विश्वका विभिन्न मुलुकमा रहेका धादिङवासीलाई एकताबद्ध गर्दै आपसी सहकार्य,

प्रधानमन्त्रीको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु

गृशमन्त्रीसामु महानिरीक्षक कार्कीले भने- नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ

काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरी जस्तोसुकै कठिन

राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति दिइँदैन : मन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति नदिइने

प्रहरी निरीक्षक सिंहसहित २३ प्रहरी कर्मचारी पुरस्कृत

हुम्ला– नेपाल प्रहरीको ७१औँ स्थापना दिवसको अवसरमा प्रहरी निरीक्षक जंगबहादुर