अफिम उत्पादनमा प्रतिबन्ध लगाए अफगानिस्तानको अर्थतन्त्रमा नकारात्मक असर पर्ने « Khabarhub

अफिम उत्पादनमा प्रतिबन्ध लगाए अफगानिस्तानको अर्थतन्त्रमा नकारात्मक असर पर्ने


१३ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अफिम उत्पादनमा प्रतिबन्ध लगाएको खण्डमा अफगानिस्तानको अर्थतन्त्रमा नकारात्मक असर पर्ने प्रतिवेदन सार्वजनिक भएको छ । अफगानिस्तान एनालिस्ट नेटवर्क नामक संस्थाले यस्तो प्रतिवेदन सार्वजनिक गरेको हो ।

अफगानिस्तानको शासन चलाइरहेको तालिबानले अफिम उत्पादनमा प्रतिबन्ध लगाएको खण्डमा अफगानिस्तानको अर्थतन्त्रमा ‘अत्यन्त ठूलो धक्का’ लाग्ने यस संस्थाको प्रतिवेदनमा उल्लेख छ ।

अफगानिस्तानले गत वर्षको अगष्ट महिनामा तालिबानले सत्ता कब्जा गरेयता विदेशी श्रोत गुमाएको अफगानिस्तानबाट प्रसारण हुने टोलो टेलिभिजन च्यानलले जनाएको छ ।

अफिम उद्योग अफगान अर्थतन्त्रको प्राथमिक श्रोत रहेको बताइन्छ । संयुक्त राष्ट्रसंघीय लागूऔषध तथा अपराध कार्यालयको सन् २०२० को पछिल्लो तथ्यांकअनुसार अफगानिस्तानले विश्वमा ८० प्रतिशत अफिम आपूर्ति गर्दै आएको छ ।

अफिम, हेरोइन, मोर्फिनजस्ता अवैध लागूऔषधको उत्पादनले ‘अफगानिस्तानको सबैभन्दा ठूलो अवैध आर्थिक गतिविधि’ मा योगदान दिइरहेको उक्त कार्यालयले जनाएको छ ।

यसअघि सन् २००० मा सत्तामा रहँदा पनि तालिबानले अफिम उत्पादनमाथि प्रतिबन्ध लगाएको थियो ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  ७ : २८ बजे

आयोजनाको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने

दमौली– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशयबाट

चीन–रुसद्वारा युरेसियामा बाह्य हस्तक्षेपको विरोध

बेइजिङ– चीन र रुसले युरेसिया महादेशमा स्थिरता कमजोर पार्ने बाह्य

बाँकेका चार स्थानीय तहमा लम्पी स्किनविरुद्ध खोप अभियान

राँझा – बाँकेका चार स्थानीय तहमा गाईवस्तुलाई लम्पी स्किन रोगविरुद्ध खोप

युक्रेन युद्धमा सम्झौता नजिक पुगेको ट्रम्पको संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीचको युद्ध अन्त्य

सुर्खेतमा एक विद्यार्थी मृ*त भेटिए 

सुर्खेत– सुर्खेतमा लोकसेवा आयोगको तयारी गरिरहेका अछामका एक विद्यार्थी भाडाको