पाकिस्तानको कराँचीमा बम विष्फोट हुँदा ३ चिनियाँसहित ४ जनाको मृत्यु « Khabarhub

पाकिस्तानको कराँचीमा बम विष्फोट हुँदा ३ चिनियाँसहित ४ जनाको मृत्यु


१३ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानको कराँची शहरमा बम विष्फोट हुँदा तीन चिनियाँ सहित चार जनाको मृत्यु भएको छ । विश्वविद्यालय परिसरमा रोकिरहेको भ्यानमा विष्फोट भएको सुरक्षा अधिकारीहरुलाई उद्धृत गर्दै कतारी टेलिभिजन च्यानल अल जजीराको अनलाइन संस्करणले जनाएको छ ।

कराँची विश्वविद्यालयमा भएको बम विष्फोटको श्रोतबारे अनुसन्धान भइरहेको विश्वविद्यालयका प्रवक्ता मोहम्मद फारुकले बताए । आक्रमण आत्मघाती शैलीको भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

कराँची प्रहरीका प्रमुख गुलाम नबी मेमनले सुरक्षा क्यामेराबाट लिइएको भिडियोमा बुर्का लगाएका व्यक्ति भ्यान नजिकै पुगेलगत्तै विष्फोट भएको देखिएको बताएका छन् ।

आक्रमणको जिम्मा हालसम्म कसैले पनि लिएको छैन ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  ७ : ३७ बजे

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने