दैलेखमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु « Khabarhub

दैलेखमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु


१२ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– दैलेखमा बुधबार राति बस दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ ।

कालीकोटको जितेगडाबाट सुर्खेत आउँदै गरेको म १ ख ६६० नम्बरको बस दैलेखको आठबीस नगरपालिका २ सिस्नेमा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका ९ जनाको दैलेखमा सामान्य उपचार भइरहेको र अन्य ३८ जनालाई थप उपचारका लागि सुर्खेत पठाइएको प्रहरीले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले दिएको जानकारी अनुसार सुर्खेत पठाइएका पाँच जनाको अवस्था भने गम्भीर रहेको छ ।

बसमा कति सवार थिए भन्ने एकिन तथ्याङ्क छैन । यद्यपि बस दुर्घटनाको कारण खुलिसकेको छैन ।

दुर्घटनामा घाइते भएकालाई नेपाल प्रहरी र शसस्त्र प्रहरीले उद्धारको कार्य भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बस ५० मिटर तल खसेको हो ।

प्रकाशित मिति : १२ जेठ २०७९, बिहीबार  १२ : २६ बजे

यी हुन् एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार

काठमाडौं– नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार टुंगो लगाएको

महेश बस्नेत भक्तपुर–२ बाट चुनाव लड्ने

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सचिव महेश बस्नेत भक्तपुर

एमाले अध्यक्ष ओली झापा-५ बाटै चुनाव लड्ने

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो पुरानै

चितवन-३ बाट सोबिता उठ्ने निश्चित, नेकपाकी रेनुसँग प्रतिस्पर्धा हुने

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेताहरूको निर्वाचन क्षेत्र टुंग्याउन

सुर्खेत–१ मा रविकिरण हमालको चुनावी अभियान सुरु

सुर्खेत – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य तथा सुर्खेत